आजको तपाइको दिनचर्या कस्तो छ ? हेर्नुहोस

Posted on: 02 May, 2019

ज्योतिषि डिपि भण्डारी ।

वि.सं.२०७६ साल वैशाख १९ गते । बिहीबार । ईश्वी सन् २०१९ मे ०२ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख कृष्ण पक्ष । तिथि त्रयोदशी,५४ घडी ०४ पला,रातको ०३ बजेर ०४ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र उत्तरभाद्रपदा,१८ घडी ४३ पला,दिउसो १२ बजेर ५५ मिनेट उप्रान्त रेवती । योग वैधृति, ०० घडी २४ पला, बिहान ०५ बजेर ३६ मिनेट उप्रान्त विष्कुम्भ । करण गर,दिउसो १४ बजेर २४ मिनेट उप्रान्त वणिज,रातको ०३ बजेर ०४ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा छत्र योग । चन्द्रराशि मीन । पञ्चक ।

काठमाडौंमा सूर्योदय ०५ बजेर २६ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३७ मिनेट । दिनमान ३२ घडी ५७ पला । 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) लामो दुरिको वैदेशिक यात्राको तय गर्न सकिनेछ भने विदेशमा श्रम गर्नेहरुले मनग्गे धन तथा सम्पति जोड्न सक्नेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने बिदेशमा उत्पादित सामानको व्यापार बाट भनेजस्तो नाफा कमाउन सकिनेछ । अध्ययनमा मन सुधार हुँदै जानेछ भने आफन्त तथा सहयोगिहरुको सहयोगले शरीरमा थप उर्जा बढ्नेछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समय मध्ययम रहेकोछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बिभिन्न भौतिक तथा विलासी सामानहरु जुट्नेछन् भने भविश्यमा आम्दानीहुने व्यावसायमा लगानी  गर्न सकिनेछ । आएस्रोतका बाटाहरु फराकिला हुनेछन् भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । पढाइ  लेखाइ मा मनग्गे आम्दानीगर्न सकिनेछ भने शिक्षा क्षेत्र सँग सम्बन्धित व्यावसायबाट मनग्गे आम्दानीहुनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार व्यावसाय फस्टाएर जानेछ । परिवार तथा आफन्तको साथ पाइने  हुनालेकाम गर्न सहयोग पुग्नेछ । नयाँ काम पाउने तथा गरिरहेको ठाउँमा बढुवा हुनेयोग रहेको छ । समस्याहरुको समाधान गरि आम्दानीकास्रोत हरु बढाउन सकिनेछ । सत्रु परास्त हुनेछन् भने आफ्नो क्षेत्रमा बर्चस्व कायम राख्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपार्ईँको काममा सहयोग हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) समुदायको हक हितको निम्ति काम गर्ने अवसर आएपनि असजिला परिस्थितिहरुको सामना गर्नुपर्नेछ । पढाइ  लेखाइ मा ध्यान नजादा सफलता हात पार्न मुस्किल रहेकोछ । व्यापार व्यावसायमा लगानी  गरेपनि भनेजस्तो आम्दानीनहुँदा मन दुखि हुनेछ । माया प्रेममा अबिश्वास बढ्नेछ भने जीवन साथि सँग सामान्य मनमुटाव सिर्जना हुनेछ । धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको भएपनि बाटामा असहज परिस्थितिको सामना गर्नुपर्नेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) हतार गर्ने बानिले अनावस्यक बिवादमा फस्ने योग रहेको छ । पढाइ  लेखाइ मा अरुभन्दा पछि परेको भान हुनेछ भने काम गर्दा ख्याल गर्नुहोला काममा बाधा तथा दुख दिनेहरु सक्रिय हुनेछन् । मान तथा सम्मानमा दाग लाग्न सक्छ, काम गर्दा ध्यान लिनुहोला । व्यावसायमा भने जस्तो आम्दानीनहुने हुनाले दैनिक गुजारा चलाउन हम्मे हम्मे पर्नेछ । आफ्ना कमजोरिहरु भरसक लुकाउने प्रयास गर्नुहोला अरुले आलोचना गर्न सक्छन् । 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापारमा लगानी गरि मनग्गे धन तथा सम्पति आर्जन गर्न सकिने समय रहेकोछ । साझेदारहरुबिच मन मिल्ने हुँदा नया उद्योगमा लगानी  गर्ने अवसर जुर्नेछ । पढाइ  लेखाइ मा मन जाने हुनालेउत्कृष्ट नतिजाका साथ पुरस्कार जित्न सकिने हुँदा आफन्त तथा गुरुजनहरु खुसी हुनेछन्  । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनुको साथै जीवन साथिको साथ रहने हुनालेकाम गर्न उर्जा थपिनेछ । भौतिक तथा विलासी बस्तुहरु प्राप्तिको गतिलो योग रहेकोछ । 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सत्रु तथा प्रतिस्पर्धिहरुलार्ई हरेक क्षेत्रमा परास्त गर्दै भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । आम्दानीकास्रोतहर फराकिला पार्दै तत्काल नयाँ व्यावसाय थालनी  गर्न सकिनेछ । पढाइ  लेखाइ मा अरुलाई किनारा लगाउँदै स्कूल तथा कलेजमा छुट्टै पहिचान बनाउँन सकिनेछ । माया प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने मामा तथा मावलि पक्षबाट तपार्ईँको काममा भनेजस्तो सहयोग पाइने  हुँदा मन प्रशन्न रहनेछ ।  

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ तर भनेजस्तो पारिश्रमिक पाइने  छैन । बिद्यामा सफलता पाउन निकैनै संघर्ष गर्नुपर्ला । परिवार तथा सन्तान बाट तपार्ईँले गरेको काममा असहयोग हुनेछ  । व्यापार व्यावसायमा लगानी  नबडाउँदा राम्रो हुनेछ । मायाा प्रेममा बिश्वासको बाताबरण बढेर जानेछ  । पेट सम्बन्धि समस्याले सताउनेछ हुँदा मानशिक तनाब बढ्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सामाजिक काम गर्दा ध्यान दिनुहोला प्रतिष्पर्धिहरुले तपार्ईँको साख गिराउन खोज्नेछन् । खोज तथा अनुशन्धानमा दिईएको समयबाट भनेजस्तो उपलब्धि हासिल हुन मुस्किल रहेकोछ । घर जग्गा तथा स्थाई सम्पतिमा बिवाद आउने योग रहेकोछ भने आमा वा आफन्त सँग टाडिएर परदेशको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले जनतासँग सन्तुलित व्याबहार गर्नुहोला समय मध्ययम रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) दाजुभाई तथा छिमेकिबाट तपार्ईँले शुरु गरेको काममा सहयोग तथा समर्थन हुने हुँदा मन प्रशन्न हुनेछ । छोटो दुरिको व्यावसायिक यात्राको अधिक सम्भावना रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले थप लगानी  गर्न आट आउनेछ । माया प्रेममा एक अर्काको भावना बुझ्न सकिने हुँदा थप प्रगाडता बढेर जानेछ । पढाइ  लेखाइ  प्रगतिकै बाटोमा अगाडि बढ्ने योग रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिभिन्न सभासमारोहमा सहभागि भई मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर आयपनि खानपिनको तालमेल नमिल्दा सामान्य स्वास्य सम्बन्धि समस्या आउन सक्छ । माया प्रेमका कोपिलाहरु फक्रन पाउने छैनन् ध्यान दिनुहोला । व्यापारमा उधारो लाने तथा रुपैया पैसा नदिनेहरुले दिक्क लाउनेछन् । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा ध्यान दिनुहोला मनमुटाव हुने अधिक सम्भावना रहेकोछ । तापनि होटल तथा रेष्टुरेन्टको व्यावसाय भने फस्टाएर जानेछ ।   

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पढाइ लेखाइमा मन जाने हुनाले भनेजस्तो नतिजा ल्याउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवारका सदस्यहरुबिच घनिष्टता बढेर जानेछ । दिगो फइदा हुनेव्यावसायमा लगानी  गरि आम्दानीकास्रोतहरु थप्न सकिनेछ । कला तथा साहित्य क्षेत्रमा पनि राम्रो प्रगति हुनेछ । रचानात्मक तथा कृतिमानी काम शुभारम्भ गर्न सकिनेछ । राजनीति तथा समाजसेवा फाप्ने हुनाले आजको दिन पद प्राप्तिको गतिलो सम्भावना रहेकोछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!