राति भित्रि वश्त्र लगाएर सुत्नुहुन्छ ? सावधान ! यस्ता समस्याले सताउँला

Posted on: 06 May, 2019

काठमाडौं | महिलाहरू सौन्दर्य र स्वास्थ्यका सम्बन्धमा धेरै चिन्तित रहन्छन् । गलत खानपिनले स्वास्थ्यलाई हानि गर्छ नै, त्यसमाथि महिलाको हकमा राति ब्रा लगाएर सुत्दा पनि रोग लाग्छ । ज्यादा टाइट ब्रा लगाउँदा स्वास्थ्यमा अनेकौं हानि हुन्छन् । राति ब्रा लगाएर सुत्दा यस्ता समस्या हुन्छन् ।

१. स्तन क्यान्सर

ब्राले स्तन थिचिएर छातीका कोशिकाहरूमा समस्या आउँछ र पछि क्यान्सरको लक्षण देखिन थाल्छ ।

२. रक्तसञ्चार

राति टाइट ब्रा लगाउँदा रगत सजिलै प्रवाह हुन पाउँदैन र समस्या निम्तिन्छ । सकेसम्म लुलाखालकोे स्पोर्ट्स ब्रा लगाउनुस् ।

३. एलर्जी

महिलाहरू दिनभरि त ब्रा लगाउँछन् नै तर राति सुत्दाखेरी पनि लगाउन थाले भने छाला टाइट हुन्छ र हावा पस्न नपाएर एलर्जी हुन्छ । यसले छालामा रातो दाग देखिन्छ र दुख्छ ।

४. उकुसमुकुस

राम्रो निद्राका लागि व्यक्तिलाई राति आराम गर्नुपर्छ । टाइट ब्रा लगाउँदा छटपट हुन्छ र निद्रा बिग्रन्छ । निद्रा पूरा हुन पाएन भने शरीरलाई धेरै नोक्सानी हुन्छ ।

५. कालो दाग

दिनभरि र राति पनि टाइट ब्रा लगाउँदा छालामा र्यासेज देखिन्छन् र ती बिस्तारै कालो दागमा परिणत हुन्छन् । अनि राति ब्रा लगाएर सुत्दा स्तनको आकार पनि बढ्दैन । एजेन्सी

यस बिषयमा तपाइको प्रतिक्रिया...!