महिनावरी किन गडबडी हुन्छ ? जानी राखौं

Posted on: 09 May, 2019

कतिपय महिलाको समस्या हुन्छ, महिनावरी गडबडी । सामान्यत महिलाहरुले आफ्नो कुरा गोप्य राख्छन् । महिनावरीको समस्याबारे पनि उनीहरु खुलेर कुराकानी गर्दैनन् ।

त्यही कारण हो, उनीहरुमा मानसिक तनाव हुने । महिलाको यस्तो मर्म घरपरिवार, सासु-ससुरा लगायतले सजिलै बुझिदिदैनन् । सामान्य लागेपनि यो समस्याले महिलालाई मानसिक र शारीरिक दुबै किसिमको पीडा दिइरहेको हुन्छ ।

महिनावरी किन गडबडी हुन्छ ? यसबारे महिलाहरु वेखबर हुन्छन् । हुनपनि महिनावरी गडबडी हुनुको कारण एकमात्र छैन । अनेक कारणले यस्तो समस्या हुने गर्छ । शहरिया वा चिकित्सकको पहुँचमा भएका महिलाहरु त आवश्यक परामर्श र परीक्षणका लागि अस्पताल धाउन सक्छन् । तर, ग्रामिण क्षेत्रका अझ दूर-दराजका महिलाहरु भने भित्रभित्रै यो पीडा गुम्साएर बस्ने गर्छन् ।

महिनावरी किन गडबडी हुन्छ त ?

भनिन्छ, सही किसिमको खानपानले पनि महिनावरी गडबडीको जोखिम हुँदैन । अर्थात महिनावरी नियमित गराउनका लागि कतिपय खानेकुरा उपयोगी हुनेगर्छ । यसै सन्दर्भमा विविसी हिन्दी अनलाइनले प्रतुत गरेको लेख यहाँ सान्दर्भिक छ ।

महिनावरी गडवडीमा खानपान जिम्मेवार

महिलाको शरीरमा हर्मोनल गडबडी हुनुमा खानपानको प्रत्यक्ष सम्बन्ध रहने गरेको एक अध्ययनले जनाएको छ । उक्त अध्ययन अनुसार जो महिला खानामा कार्वोहाइडे्रटस्को सेवन धेरै गर्छन्, उनीहरुमा महिनावारी समय अगावै सुरु हुने सम्भावना उच्च हुने गर्छ ।

विशेषगरी,  पास्ता तथा चामल अधिक सेवन गर्ने महिलामा महिनावारीको समस्या एक डेढ वर्ष पहिले नै सुरु हुने गर्दछ ।

गेडागुडीले सामान्य गडबडी

लिड्स विश्वविद्यालयले वि्रटेनका नौ सय १४ महिलामा गरेको एक अध्ययनमा माछा, मटर तथा गेडागुडीको सेवन गर्ने महिलाको महिनावारीमा सामान्य गडबडी हुने गरेको पाइएको थियो । जबकी महिनावारी गडबडी हुनुमा खानपानका साथै अन्य कुराले पनि असर पार्ने चिकित्सकहरु बताउँछन् ।

उक्त अध्ययन जर्नल अफ एपिडिमियोलोजी एण्ड कम्युनिटी हेल्थमा प्रकाशित थियो । उक्त अध्ययनमा महिलाहरु समक्ष खानपानबारे प्रश्न सोधिएको थियो । जसमा फलाहार तथा सागसब्जीको ज्यादा सेवन गर्ने महिलाहरुमा महिनावारी ढिलो हुने गरेको पाइएको थियो । जुन एक देखि डेढ वर्षको बीचमा रहेको पाइएको थियो ।

जबकी कार्वोहाइड्रट्सको ज्यादा सेवन गर्ने महिलाहरुमा महिनावारी एक देखि  डेढ वर्ष पहिले नै सुरु हुने गरेको पाइएको थियो । उक्त शोधमा शोधकर्ताहरुले खानपानका बाहेक महिलाको वजन, प्रजनन स्वास्थ्य तथा विभिन्न हर्मोनको प्रभावबारे पनि उल्लेख गरेका थिए ।

फलाहार सागसब्जीले महिनावरी ढिलो

प्रजनन स्वास्थ्य तथा हर्मोन सम्बन्धि समस्यालाई आणुवंशिक समस्यासित पनि जोड्ने गरिन्छ, जसको सोझो असर महिनावारीमा पर्ने गर्छ  । शोधकर्ताहरुले भ ने अनुसार फलाहार सागसब्जीमा एन्टीअक्सिडेनट तत्व पाइन्छ, जसको सेवनले महिनावारी ढिलो हुने गर्छ ।

जबकी माछामा ओमेगा ३ फ्याटी एसिड पाइन्छ र, यो माछामा मात्र पाइने तेल हो । यसको सेवनले शरीरमा एन्टीअक्सिडेन्टको मात्रा ब ढ्ने गर्छ । जबकी कार्वोहाइड्रेट्सको सेवनले शरीरमा इन्सुलिन प्रतिरोधक क्षमतामा वृद्धि हुने गर्छ ।

यसले सेक्स हर्मोनलाई समेत प्रभावित पार्नुका साथै एस्ट्रोजनको मात्रा समेत बढाउँछ । यस्तो अवस्थामा महिनावारीमा गडबडी हुनुका साथै समय भन्दा पहिले महिनावारी हुने सम्भावना उच्च हुने गर्छ ।

यस शोधका शोधकर्ता जेनेट कैडका अनुसार महिनावारी हुने उमेर र महिलाको स्वास्थ्यसित प्रत्यक्ष सम्बन्ध हुन्छ  । जो महिलामा महिनावारी समयभन्दा पहिले हुन्छ, उनीहरुमा मुटु तथा हड्डी सम्बन्धि समस्या हुने सम्भावना उच्च हुने गर्छ । त्यस्तै, जो महिलामा महिनावारी समयभन्दा ढिलो हुने गर्छ, उनीहरुमा स्तन तथा गर्भाशयको क्यान्सर हुने सम्भावना अधिक हुने गर्छ ।

काउली, हरियो साग, बेसार, नरिवलको तेल लगायतका खाद्यान्नलाई महिलाको अण्डासयको गुणस्तरीयतासित जोडेर हेरिन्छ । तर त्यसको अर्थ यसले प्रजनन स्वास्थ्यको गुणस्तर बढाउँछ भन्ने कदापी हैन । यसको सिधा असर अणुवंशिक कारणसित हुने गर्छ । एजेन्सीको सहयोगमा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!