खसीको मासुको अचार यसरी बनाउन सकिन्छ

Posted on: 09 Oct, 2021

असोज २३, काठमाडौँ | 

यसरी बनाउन सकिन्छ खसीको मासुको अचार

आवश्यक सामग्री–

बोसो र हड्डि छुट्याएको मटन– १ के.जी.

शुद्ध तेल    – आधा लिटर

नुन– ३० ग्राम

बेसार– १ चम्चा (सानो चम्चाको)

अदुवा लसुनको पेष्ट– २५ ग्राम

जिराधो धुलो– १५ ग्राम

धनियाको धुलो – १० ग्राम

देशी सुप – ५ ग्राम

रायोको धुलो  – २५ ग्राम

मुङ्ग्य्राइलो    – १० ग्राम

गरम मसला  – ५ ग्राम

पकाएको ज्यामिरको रस – १ सानो चम्चा

खुर्सानी   – स्वाद अनुसार

बनाउने विधि :


-मटनलाई डेक्चीमा राखेर चुलोमा एकछिन बफाउने र झिकेर सेलाएपछि मसिनो गरी केस्राकेस्रा छुट्याउने ।

-फ्राइपेनमा तेल तताउने । तातेपछि सानो आँचमा मटन बिस्तारै फ्राई गर्ने ।

-पाकेर झुरुम झुरुम हुने भएपछि झिकेर सेलाउने र अर्काे फ्राइपेन बसाउने, अदुवा लसुन फ्राई गर्ने, सुनौला भएपछि सबै मसला फ्राई गरेर झिकेर सेलाउने ।

-सबै मसला र अमिलो सहित मासुमा राखेर काँटाले राम्ररी चलाउने । यो ताजै खाए पनि हुन्छ ।

-३० मिनेटसम्म उमालेर पानीमा पकाएको सिसी ओभानो पारेर चिसो पारेको तयारी अचार सिसीमा खाँदेर बिर्काे कसेर राख्ने । मासुको अचार तयार हुन्छ । यो लामो समयसम्म राखेर पनि खान सकिन्छ ।

साभार : ‘सजिलो कुकिङ’ पुस्तकबाट

यस बिषयमा तपाइको प्रतिक्रिया...!