प्रतिरोधी क्षमता कमजोर हुनुका यी पाँच संकेत, शरीरमा यस्ता संकेत देखिए तुरुन्त सतर्क हुनुहोस्

Posted on: 26 Jan, 2022

माघ १२, काठमाडौँ | एजेन्सी | कोभिड–१९ महामारीको सुरुवातपछि नै ‘इम्युनिटी’, प्रतिरक्षा, रोग प्रतिरोधी क्षमता शब्दको अर्थ धेरैलाई सायद थाहा भइसकेको छ । बलियो इम्युनिटी शरीरले भाइरल, ब्याक्टेरियल, फंगल वा प्रोटोजोआ आदिबाट संक्रमित हुनबाट जोगाउँछ । प्रतिरोधी सेता रक्त कोसिका, लिम्फ नोड्स र एन्टीबडीबाट बन्ने गर्छ जसले शरीरलाई बाहिरी संक्रमणबाट जोगाउन मद्दत गर्छ । कहिलेकाँही जब कुनै भाइरस शरीर भित्र प्रवेश गरिहालेको खण्डमा प्रतिरक्षा प्रणालीले ती हानिकारक भाइरस पहिचान गरेर त्यसलाई बेअसर पारिदिन्छ जसका कारण शरीरलाई हानी हुनबाट जोगाउँछ । 

ओमिक्रोनबाट बच्नका लागि विशेषज्ञले लगातार प्रतिरोधी क्षमतालाई बलियो बनाउन सल्लाह दिँदै आएका छन् । प्रतिरोधी क्षमता बलियो बनाउन मानिस व्यायाम गर्छन्, प्रतिरोधी क्षमता बढाउने खाना खान्छन्, ड्रिङ्कको सेवन गर्छन् आदि । तर तपाईंको प्रतिरोधी क्षमता कमजोर छ भनेर कसरी थाहा पाउने ? सायद यसतर्फ कसैको ध्यान गएको छैन होला । आउनुहोस्, यसबारे जानकारी लिऔँ ।

लगातार थकित महसुस हुनुः

राती ७–८ घण्टा सुतेपछि बिहान उठ्दा धेरै मानिस ऊर्जावान् महसुस गर्छन् । तर जसको प्रतिरोधी कमजोर हुन्छ उनीहरु राती सुत्दा पनि भोलिपल्ट निकै सुस्त महसुस गर्छन् । यदि उनीहरुले मिहिनेतको काम नगरेपनि उनीहरुलाई थकाई लागिरहेको जस्तो हुन्छ र ऊर्जा पनि निकै कम हुन्छ । 

यसको उपचार व्यायाम र योग हो । यी दुबैले शरीरमा ऊर्जाको स्तर बढाउँछ जसका कारण शरीरमा रक्त सञ्चार बढ्ने गर्छ र यसले स्नायु प्रणालीलाई बलियो बनाएर थकानलाई टाढा राखेर शरीरलाई ऊर्जावान् बनाउँछ ।

लामो समयसम्म रुघा–खोकी लागिरहनुः

विशेषज्ञका अनुसार वयस्कलाई वर्षमा २–३ पटक रुघा–खोकी लाग्नु सामान्य हो तर केहीलाई लामो समयसम्म रुघा खोकी लागिरहन्छ वा बारम्बार हुने गर्छ । रुघा–खोकी लागेका बेला एन्टीबडी विकसित हुन र कीटाणुसँग लड्नका लागि प्रतिरक्षा प्रणालीलाई ३ देखि ४ दिन लाग्छ अर्थात् रुघा ३–४ दिनसम्म लागिरहन सक्छ । तर यदि तपाईंलाई लामो समयसम्म रुघा–खोकी लागिरहन्छ भने यो कमजोर प्रतिरोधीको संकेत हो । 

पेट सम्बन्धि लगातार समस्याः

प्रतिरोधीको सम्बन्ध आन्द्रा र पेटसँग पनि हुन्छ । त्यसैले विशेषज्ञले कसैको पेट खराब छ भने उनीहरुको स्वास्थ्य कहिल्यै ठिक नहुने बताउने गर्छन् । हाम्रो शरीरमा लगभग ७० प्रतिशत प्रतिरक्षा बढाउने तन्तु हाम्रो आन्द्रामा हुन्छन् । यदि तपाईं नियमित रुपमा पेटको समस्या जस्तै कब्जियतबाट पीडित हुनुहुन्छ भने यो कमजोर प्रतिरोधीको परिणाम हुनसक्छ । 

अत्यधिक तनाव हुनुः

कमजोर प्रतिरक्षा प्रणालीको पहिलो संकेत अत्यधिक तनाव छ । विशेषज्ञका अनुसार प्रतिरोधीमाथि सबैभन्दा धेरै प्रभाव तनावमा पर्छ । यदि कसैले अत्यधिक तनाव लिन्छन् भने उसको प्रतिरोधी निकै कमजोर हुनेछ । वास्तवमा, तनाव लिँदै सेतो रक्त कोसिका र लिम्फोसाइटको संख्यामा कमी आउँछ । यी दुबैले हाम्रो शरीरमा संक्रमणबाट लड्न मद्दत गर्छ र विभिन्न प्रकारको भाइरसबाट जोगाउँछ । यस्तोमा लामो समयसम्म तनाव लिँदा प्रतिरोधी क्रमशः कम हुँदै जान्छ । 

ढिलो गरी घाउ निको हुनेः

दैनिक कामकाज गर्दा हात वा शरीरमा घाउ हुनु साधारण कुरा हो । यदि घाउ निको हुन समय लाग्छ भने ययसले पनि प्रतिरोधी क्षमता कमजोर भएको संकेत गर्छ । यसबाहेक मधुमेहका बिरामीमा पनि घाउ निको हुन समय लाग्छ, त्यसैले विज्ञसँग तुरुन्तै सल्लाह लिनुहोस् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!