सुत्नुअघि नखानुस् यी खानेकुरा, यी खानेकुराले लाग्दैन रातभर निद्रा

Posted on: 18 Mar, 2022

चैत ४, काठमाडौँ ।राम्रो स्वास्थ्यका लागि विभिन्न कुराहरु महत्वपूर्ण हुन्छन्, जस्तै राम्रो खाना, व्यायाम, राम्रो निद्रा आदि । यद्यपि, अहिलेको व्यस्तताले भरिएको जिन्दगीमा निद्रा कम लाग्नु एउटा सामान्य समस्या बनेको छ । सही खाना खाने बानीले शरीर स्वस्थ राख्न सकिन्छ । रातमा सुत्नुभन्दा पहिले के खाने, के नखाने भन्ने थाहा पाएपछि यस कुराबाट स्वस्थ रहन सकिन्छ । रातमा सुत्नु भन्दा पहिले के खाने, के नखाने ठीक तरिका जान्नु अत्यन्त आवश्यक छ । पोषणविज्ञ रीमा मधियनले सुत्नु भन्दा पहिले के खाने र कस्तो किसिमको खानाबाट पर रहने भन्ने सुझाव दिएकी छन् । 

सुत्नुभन्दा ३ घन्टा पहिले खाना खाने

सुतेको समयमा हाम्रो प्रतिरोधात्मक क्षमता बढिरहेको हुन्छ । यसै कारणले विहान उठेपछि हामी स्वस्थ र ताजा महशुस गर्छौं । तर ढिलोगरी खानु र डिनरको आधा–एक घण्टापछि नै सुत्नाले शरीर खाना पचाउने काममा व्यस्त हुन्छ । जसका कारण प्रतिरोधात्मक क्षमता बलियो हुन पाउँदैन । यसैले डाक्टरदेखि पोषणविद्सम्म खाने र सुत्ने समयबीच २–३ घन्टाको फरक पार्न सल्लाह दिन्छन् ।

मिठो खाने कुराले तपाईंलाई सुत्न दिँदैन

धेरै प्रशोधित चिनी भएका खानेकुराहरु रातिमा खानुहुँदैन । यसले शरीरलाई सक्रिय राख्छ, जसका कारण निद्रा चाडो आउँदैन । यसले स्लिपिङ पार्टनरलाई पनि डिस्टर्ब गर्नुका साथै शरीरलाई पनि नोक्सानी पुु¥याउछ । यसैले रातको समयमा यदि मिठाई, चकलेट, आइसक्रिम वा पेस्ट्रिज खानु हुन्छ भने यो बानीलाई तत्काल छोड्नुहोस् ।

चीजबाट बनेको खानेकुराले तनावमा पार्छ

सुत्नुभन्दा पहिले पिज्जा पार्टीको योजना गरिरहनुभएको छ भने अब यसबाट बच्नु जरुरी छ । यस्ता खानाहरु जसमा चीनको प्रयोग हुन्छ, त्यसलाई सुत्नु भन्दा पहिले नखानुहोस् । चीजमा अमिनो एसिड हुन्छ, जसले न्यूरोट्रान्समीटर रिलिज गर्छ । जसका कारण दिमागमा तनाव हुन्छ । यसैले रातीमा चीजले बनेको उत्पादन खानु हुन्न ।

अम्लिय खाना पनि नखानुहोस्

रातको समयमा यदि सुन्तला खाने इच्छा छ भने आफ्नो मनलाई बिहानसम्म नियन्त्रण गर्नुहोस् । जुन खानेकुरामा एसिड हुन्छ, त्यसले रातको समयमा टाउकोमा जलन गराउछ र एसिडिटी हुन्छ । यो गहिरो निद्रामा असर पार्ने कारण बन्न सक्छ ।

सुत्नुभन्दा पहिले क्याफिनयुक्त खानेकुरा नखानुहोस्

क्याफिनबाट बनेको चीजहरु पिउनाले कयौं पटक शरीरमा डिहाइड्रेशनको गुुनासो आउने गरेको छ । कफी, चिया, चकलेट ड्रिंक, ग्रीन टी जस्ता बस्तुमा कम वा धेरै क्याफिन हुन्छ । त्यसैले रातमा यस किसिमको चीज लिनबाट बच्नु पर्छ । रातमा सुतेपछि लामो समयसम्म शरीरलाई पानी उपलव्ध हुदैन । यस्तो अवस्थामा क्याफिनवाला चीज पिउनाले शरीरमा पानीको कमीको खतरा धेरै बढ्न जान्छ ।

सुत्नुभन्दा पहिले प्याकिङ गरिएको खानेकुरा खानु हुँदैन 

बजारमा कयौं किसिमका प्याकिङ गरिएका खानेकुरा पाइन्छ । यसमा तरकारी, परौठा, फ्राइज सबै पर्छन् । यसलाई लामो समयसम्म ताजा राख्न रसायको प्रयोग गरिएको हुन्छ, जसले स्वास्थ्यलाई नोक्सानी पु¥याउछ । रातमा सुत्नु भन्दा पहिले यी खानेकुराबाट बच्न जरुरी छ ।

रातमा कस्तो किसिमको खाना सबैभन्दा राम्रो ?

के खान हुन्न भन्ने थाहा पाएपछि के खानु पर्छ भन्ने पनि थाहा पाउनु जरुरी छ । यस बरोमा पोषणविद् मधियन भन्छिन्, ‘सुत्नुभन्दा पहिले दाल, भात, रोटी र तरकारी जस्ता खानेकुरा खान सक्नु हुनेछ ।’ यी बस्तु खानाले कुनै समस्या आउँदैन । तरतपाईले यी खानेकुरामा पनि धेरै रिफाइन्ड, तेल, घिउ वा बटर जस्ता चीज प्रयोग गर्नु हुन्न । यस बाहेक दही पनि खान सक्नु हुने छ । यदि कुनै कारणले ढिलो खानु हुन्छ भने यी स्तुलाई डिनरम समावेश गर्नुस् । 

खिचडी, दाल भात वा  उमालिएको तरकारी खानुहोस् । भेजिटेबल सूप वा बेसार भएको दूध पिउनुहोस् ।

बिहान उठेर कसरी गर्ने दिनको सुरुवात ?

बिहानको सुरुवात मनतातो पानीबाट गर्नु आवश्यक छ । यसले पेटलाई सफा गर्छ । यसपछि भिजेको बदाम वा भिजेको ओखर खानुहोस । चिया, कफीको बानी छ भने खाली यो पिउनबाट जोगिनुस् । चाहनुहुन्छ भने फल  पनि खान सक्नु हुने छ । चिया–कफीका साथ बिस्कुट जस्ता खानेकुरा खानुभयो भने ग्यासको समस्याको समस्या पनि कम हुन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!