म टिका लगाएर उपाध्यक्ष खाने व्यक्ति होइन : भीम रावल

Posted on: 08 Dec, 2021

मंसिर २२, काठमाडौँ | नेकपा एमालेका नेता भीम रावलले आफू टिका लगाएर उपाध्यक्ष खाने व्यक्ति नभएको बताएका छन्। बुधवार आफ्नो गृहजिल्ला अछाम पुगेर उनले यस्तो बताएका हुन्। उनले भर्खरै सम्पन्न दशौँ महाधिवेशनमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भइदिनुस् न त भन्दै आफूलाई अनुरोध गरेको समेत बताए।

अध्यक्ष ओलीले उपाध्यक्ष हुनू भन्दा टीका लगाएर उपाध्यक्ष नबन्ने भनेर अस्वीकार गरेको उनले उल्लेख गरे। केन्द्रीय सदस्यको शपथ लिन आफूले नमानेपछि ओलीले पद नै खारेज गर्ने चेतावनी दिएको समेत उनले सुनाए।

‘चितवनको मञ्चमा बस्दा अध्यक्ष ओलीले उपाध्यक्ष भइदिनुस भन्नुभएको थियो, मैले उपाध्यक्ष होइन अध्यक्ष लड्ने हो भनें,’ रावलले भने, ‘त्यसपछि उहाँले उपाध्यक्ष त हुनुभएन, केन्द्रीय सदस्यको सपथ लिइदिनुस् भन्नुभयो। अनि अध्यक्ष लडेको व्यक्ति केन्द्रीय सदस्य हुँदैन भनेर मैले सपथ लिइन।’

चितवनको सौराहामा सम्पन्न १०औँ राष्ट्रिय महाधिवेशनमा रावल अध्यक्षमा ओलीसित हारेका थिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!