गठबन्धनमा कांग्रेसले इमान्दारिता देखाएनः कुँवर

Posted on: 30 Apr, 2022

वैशाख १७, अछाम | नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा  सुदुरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष शेरबहादुर कुँवरले सत्तारुढ  गठबन्धनमा कांग्रसले इमान्दारिता नदेखाएको आरोप लगाएका छन् ।  कुँवरले आसन्न स्थानीय तहको निर्वाचनका लागि गठबन्धनमा समाजवादी पार्टी हदैसम्मको लचकता अपनाए पनि कांग्रेसले ईमान्दारिता नदेखाएका कारण तालमेल हुन नसके बताए ।

 कांग्रेस चेन अफ कमाण्डमा नचल्दा समाजवादी र माओवादी पार्टीले आ–आफ्नै हिसाबले उम्मेदारी दर्ता गरेको उनले बताए । गठबन्धन भनेको लिने र  दिने भए पनि कांग्रेसले त्यसलाई स्वीकार  गर्न नसक्र्दा अछाममा त्यसको असर परेको उनको भनाई छ । उनले आफू पार्टीको नीति र विचारमा अघि बढ्ने  बताए ।  

 अछाममा सत्तारुढ दलबीच पालिकाको सिट भागबण्डा नमिलेपछि  नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी आ–आफ्नै हिसाबले चुनाव अभियानमा  छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!