पालिका अध्यक्षले करारका कर्मचारी हटाएर आफ्नै श्रीमतीलाई जागिर दिएपछि...

Posted on: 03 Aug, 2022

साउन १८, काठमाडौं | अछाम रामारोसन गाउँपालिका अध्यक्ष मानबहादुर साउँदले करारका कर्मचारी हटाएर श्रीमतीलाई भान्छेको जागिर दिलाएका छन्। अध्यक्ष साउँदले आफ्नो श्रीमती जयासरा साउँदलाई जेठ १५ गतेदेखि लागु हुने गरी असार २२ गते नियुक्ति दिएका हुन्।

भान्छेमा आफ्नो श्रीमतीलाई कार्यालय सहायक स्तरको तलब–सुविधा पाउने ६ महिनाको करार सम्झौता गरेर भान्सेमा नियुक्ति गरेका हुन्।

सम्झौता अनुसार भान्सेका रूपमा उनले मासिक २१ हजार ३ सय पारिश्रमिक, वार्षिक १० हजार पोसाक भत्ता र चार्ड पर्वमा वर्षमा एक पटक एक महिनाको पारिश्रमिक प्राप्त गर्ने गरे करार सम्झौतामा प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीले हस्ताक्षर गरेर नियुक्त गरेका छन्।

भान्सेका रूपमा नियुक्त गरिएकी जयसरा समितिहरू बैठकमा बस्ने र योजना अनुगमनमा पनि जाने तथा यस्तै प्रकृतिको अन्य कामका लागि दैनिक भत्ता बेग्लै पाउने करार सम्झौतामा उल्लेख गरिएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!