तारा एयरको विमान थासाङ–२ मा फेला

Posted on: 30 May, 2022

जेठ १६, काठमाडौं | बेपत्ता तारा एयरको विमान दुर्घटना भएको स्थल फेला परेको छ । नेपाली सेनाका प्रवक्ता नारायणप्रसाद सिलवालले मुस्ताङको थासाङ २ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिए ।

‘भीरमा दुर्घटनाग्रस्त भएको फेला परेको छ’,। सिलवालले ट्विटरमार्फत बेपत्ता तारा एयरको जहाज दुर्घटनामा अवस्थामा फेला परेको जनाएका हुन् । पोखराबाट मुस्ताङका लागि उडेको सो विमान आइतबार बिहान १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको थियो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!