भक्तपुरमा २५ वर्षीया महिला बलात्कृत

Posted on: 18 Aug, 2022

भदौ २, भक्तपुर | भक्तपुरमा एक जना २५ वर्षीया महिला बलात्कृत भएकी छन् । 

उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले सूर्यविनायक नगरपालिका–८ बस्ने ५० वर्षीय चण्डेश्वर थापालाई बुधबार पक्राउ गरेको छ । 

थापाले ती महिलालाई गत साउन २५ गते बलात्कार गरेको प्रहरीले जनाएको छ । त्यसपछि उनी फरार रहेका थिए । 

जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले मध्यपुरठिमी नगरपालिका–४ नयाँठिमीबाट उनलाई पक्राउ गरेको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!