झापामा १४ वर्षीय किशोरी बलात्कृत

Posted on: 30 Aug, 2022

भदौ १४, काठमाडौ | झापामा एक जना १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती  बालिकालाई बलात्कार गरेको अभियोगमा हल्दिबारी गाउँपालिका-३ बस्ने ४७ वर्षीय चित्र बहादुर गुरूङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। चित्र बहादुरले ती बालिकालाई आइतबार बेलुकी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। 

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!