आफ्नै विद्यार्थीलाई बलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ

Posted on: 07 Mar, 2022

फागुन २३, अर्घाखाँची । अर्घाखाँची जिल्लाको एक शिक्षक आफ्नै विद्यार्थीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाचीले बिज्ञप्ति निकालेर ती शिक्षकले विद्यार्थीलाई जंगलमा लगी पटक-पटक बलात्कार गरेको खुलेको जनाएको छ । यद्यपि प्रहरीले पक्राउ परेका शिक्षकको नाम भने सार्वजनिक गरेको छैन ।

निज शिक्षकले घर नजिकैको जंगलमा लगेर ती विद्यार्थीलाई पहिलोपटक जबरजस्ती करणी गरेको र पछिल्लो समय दैनिकजसो ती १५ वर्षीया नाबालिका विद्यार्थीलाई बलात्कार गर्ने गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले निकालेको विज्ञप्तिमा  पक्राउ परेका शिक्षकलाई अदालतमा ६ दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

पीडितका परिवारले दिएको उजुरीका आधारमा पीडक शिक्षलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!