अर्घाखाँचीमा कार दुर्घटना: पाँच घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर

Posted on: 10 Dec, 2022

मङ्सिर २४, अर्घाखाँची | अर्घाखाँचीको शीतगङ्गा २ सितापुर राजुबास झोलङ्गेपुल नजिकै शनिबार बिहान कार दुर्घटना हुँदा एकै घरपरिवारका ५ जना घाइते भएका छन् । तनहुको आबुखैरेनीबाट सुपा देउराली दर्शनका लागि आएको गाडी दुर्घटना भएको हो । सुपादेउराली मन्दिरको दर्शन गरेर फर्कने क्रममा ग ३ च १५७९ नम्बरको कार सडकबाट करिब ८० मिटर तल खसेर दुर्घटना भएको हो । 

दुर्घटनामा परि घाइते हुनेहरूमा तनहुँ जिल्ला आँबुखैरेनी गाउँपालिका ३ का ५५ वर्षीय लक्ष्मी त्रिपाठी , ५२ वर्षीय अंशु त्रिपाठी, २७ वर्षीय शिशिर त्रिपाठी, २५ वर्षीया प्रकृति त्रिपाठी र कार चालक ३१ वर्षीय शिसन त्रिपाठी रहेको प्रहरीले जनाएको छ । घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्राथमिक स्वास्थ्य केन्द्र ठाडाले जनाएको छ । कारको ब्रेक फेल भई अनियन्त्रित हुँदा सडक बाट तल खोलामा खसेको प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!