सन्धिखर्कमा एसिए क्रिकेट प्रतियोगिता सुरु

Posted on: 26 Jan, 2017

माघ १३, अर्घाखाँची । राष्ट्रका लागी खेलकुद स्वास्थ्यका लागी खेलकुद भन्ने मुख्य नाराका साथ अर्घाखाँची सामुदायीक विकास क्लव को मातहतमा अर्घाखाँची क्रिकेट एकेडेमीको अयोजनामा  आजदेखी अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कको टुडिखेलमा प्रथम एसिए क्रिकेट टुर्नामेन्ट क्रिकेट प्रतियोगिताको सुरु भएको छ । 

कार्यक्रमको उदघाटन गर्दै जिल्ला खेलकुद विकास समितीका अध्यक्ष सिद्धिप्रसाद भुसालले यस खेलकुदले जिल्लालाई क्रिकेट क्षेत्रमा अगाडी लैजान सहयोग पुग्ने बताउनुभयो । नेपालीको पहिचान अहिले खेलकुदबाट हुने भएकोले खेलाडीहरु अनुशासित भई सम्य रुपमा खेल्न आग्रह गर्दै कार्यक्रमको सफलताको शुभकामना दिनुभएको थियो । 

उक्त क्रिकेट खेलमा १३ टिमको सहभागीता रहेको छ । 

जसमा आज उदघाटन सत्रमा आयोजक अर्घाखाँची एकेडेमी क्लव र सहारा शान्ती क्लव बिच खेल सुरु भएको हो । भोलीदेखी हुने खेलमा सौजन्य समाज किमडाँडा र नुवाकोट युवा क्लब, दुविचौर युवा क्लब र अडगुरी युवा क्लब, ठुलापोखरा युवा क्लब र फ्रेन्डस युथ क्लब, संयुक्त प्रगतिशिल युवा क्लब र सिद्धार्थ साथी सञ्जाल, सितापुर युवा क्लब र संघर्ष्शिल युवा क्लब बिच प्रतिष्पर्धा हुने भएको छ । 

प्रतियोगितामा प्रथम, द्रोस्रो, तेस्रोलाई क्रमश २० हजार, १५ हजार र १० हजारको पुरस्कार रहेको छ । कार्यक्रम क्लबका अध्यक्ष क्रषिकेश भट्टराईको अध्यक्षता र कमल विष्टको सञ्चालनमा सम्पन्न भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!