विद्यालय हिँडेका दुई किशोर दुई दिनदेखि बेपत्ता

Posted on: 22 Mar, 2022

चैत ८, गलकोट ।  बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–७ रेशका दुई किशोर दुई दिनदेखि परिवारको सम्पर्कमा आएका छैनन् । चैत ६ गते आइतबार बिहान १० बजेदेखि रेशनुन्थलाका रामबहादुर थापाका १५ वर्षीय छोरा विष्णु थापा र सोही स्थानका उनका साथी लोर्के थापाका १६ वर्षीय छोरा आशिष थापा बेपत्ता भएका हुन् ।

बेपत्ता भएका दुई बालक रेशनुन्थला माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक ओमबहादुर थापाले जानकारी  दिनुभयो । आइतबार बिहान घरबाट विद्यालय हिँडेका किशोर विद्यालय नपुगी सम्पर्कविहीन भएको पाइएको छ । ती किशोरलाई कसैले देखेमा नजिकैको प्रहरी कार्यालय अथवा अभिभावकसँग सम्पर्क गर्न आफन्तले अनुरोध गरेका छन् ।

परिवारले किशोरहरुलाई खोजीदिनका लागि जिल्ला प्रहरी कार्यालय बागलुङमा जानकारी गराएपछि सबै प्रहरी एकाइलाई सो विवरण पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!