समाज | बाग्लुङ्ग - BGL


निषेधाज्ञामा वन तस्करी बढ्यो

Posted on August 28, 2020 | views : 1610 | बाग्लुङ्ग - BGL

भदौ १२, बागलुङ । कोविड–१९ त्रास छल्न जारी निषेधाज्ञाभित्रै महोत्तरीका वनक्षेत्रमा तस्करको प्रवेश बढेको छ । चैत ११ देखि साउन ७ अघिको सरकारले घोषणा गरेको लकडाउन र पछिल्लो चरणमा साउन २० यता जिल्ला प्रशासन कार्यालय महोत्तरीले पटक/पटक अवधी बढाउँदै लगेको निषेधाज्ञामा वनसम्पदा चोरी हुने क्रम बढेको हो । भदौ

Read More

‘रुपा गौतम हत्याकाण्ड’ छ वर्षमा पनि भेटिएनन् हत्यारा

Posted on August 28, 2020 | views : 1331 | बाग्लुङ्ग - BGL

भदौ १२, बागलुङ । वर्षेनि बागलुङवासीले ‘रुपा गौतम हत्याकाण्ड’ सम्झन्छन् । विसं २०७१ भदौ १२ गते माइतीमा तीज मानेर घर फर्कँदै गर्दा बाटोमै गौतमको हत्या भएको थियो । हत्या भएको छ वर्ष बित्दासमेत अपराधी पत्ता लाग्न सकेको छैन । प्रहरी अनुसन्धान सुस्ताएको छ । न्यायको आवाज पनि मधुरो हुँदै गएको छ ।  काठे

Read More

सिक्री बेचेर पुल हेर्न सय किमी यात्रा

Posted on August 27, 2020 | views : 1667 | बाग्लुङ्ग - BGL

भदौ ११, गलकोट । मानिसको सोच, इच्छा पनि अनेक हुन्छ । र, त्यो इच्छाशक्ति दृढ भए जर्बजस्त पनि पुरा गर्ने चाह हुन्छ । त्यही हुटहुटीमा थिए निसीखोला गाउँपालिका–३ धाराखर्कका तीन किशोरी र एक किशोर । तर, हरितालिका तिजको दिन घर छोडेका उनीहरु हराएको खबर भाइरल भयो । निसीखोलाको वडा नम्बर–७ स्थित पर्यटकीय स्थल नर

Read More

ताराखोलामा ‘कोसेली घर’

Posted on August 26, 2020 | views : 1518 | बाग्लुङ्ग - BGL

भदौ ९, बागलुङ  (रासस)  । स्थानीय उत्पादनको बजारीकरणमा सघाउन ताराखोला गाउँपालिकाले ‘कोसेली घर’ बनाउने भएको छ । ‘कोसेली घर’का लागि चालु आवमा सङ्घ सरकारको रु। ३० लाख र गाउँपालिकाको रु। १५ लाख बजेट छ ।  सडकको सहज पहुँच भएको र बजार आसपास पर्ने गरी ‘कोशेली घर’ निर्माण गरिने गाउँपालिका

Read More

एक सङ्क्रमितबाट नौ जनामा सर्यो कोरोना

Posted on August 25, 2020 | views : 1517 | बाग्लुङ्ग - BGL

भदौ ९, गलकोट। बागलुङ नगरपालिका­३ स्थित एक व्यवसायी महिलामा एक साताअघि कोरोना देखिएपछि बागलुङ बजारमा समुदायमा कोरोना सरेको पुष्टि भएको थियो । ती महिलाको  कन्ट्याक्ट ट्रेसिङ गर्दा हालसम्म थप नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एकैजनाबाट समुदायका नौ जनामा कोरोना फैलिएपछि बागलुङ जिल्ला सदरमुका

Read More

फोहर नआउँदा भोकै मजदुर

Posted on August 25, 2020 | views : 1309 | बाग्लुङ्ग - BGL

खेमराज गौतम। भदौ ९, गलकोट। कोरोना भाइरसका कारण सबैभन्दा बढी समस्या, सङ्कट र सकसमा दैनिक जीविकाका लागि काम गर्ने मजदुर छन् । तिनै मजदुरमध्येको बागलुङ र पर्वत जिल्लाको सिमाना मालढुङ्गा परिसरमा काम गर्ने मजदुरको कथा अझ बढी दुःखद् र समस्याग्रस्त छ । गिट्टी कुटेर, बालुवा चालेर, डम्पिङसाइट (फोहर विर्सजन स

Read More

बागलुङमा थप एक साता निषेधाज्ञा

Posted on August 24, 2020 | views : 1586 | बाग्लुङ्ग - BGL

भदौ ८, गलकोट (रासस) । बागलुङमा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि थप एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला सदरमुकामसमेत रहेको बागलुङ बजारको समुदायमा सङ्क्रमण फैलिएको निष्कर्षसहित यही भदौ ३ देखि ९ गतेसम्म गरिएको निषेधाज्ञा सोमबार बसेको जिल्ला प्रशासन कार्यालय र सरोकार हुनेको बैठकले थप एक स

Read More

यसपाली छैन तीजको रमझम

Posted on August 19, 2020 | views : 1546 | बाग्लुङ्ग - BGL

रामबहादुर थापा । भदौ ३, बागलुङ । स्थिति ठीकठाक हुन्थ्यो भने यतिबेला तीजको रौनक छाइसक्थ्यो । महिनादिन अघिदेखि नै महिलाहरु दर, नाचगान र शुभकामना साटासाटमा व्यस्त बन्थे । छोरीचेली माइत जाने सुरसारमा हुन्थे । गाउँशहरमा तीज मेला, उत्सव चल्थे । विद्यालय, सामाजिक सङ्घसंस्था, महिलाका सङ्गठनलगायतले गच्छेअनुस

Read More

शुद्ध पानी उपलब्ध गराउन उच्च अदालतको आदेश

Posted on August 19, 2020 | views : 1476 | बाग्लुङ्ग - BGL

भदौ ३, बलेवा । उच्च अदालत पोखराको बागलुङ इजलासले नगरवासीलाई शुद्ध पानी खुवाउन आदेश दिएको छ । मङ्गलबार भएको बहसपछि अदालतले बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नाउँमा शुद्ध पानी खुवाएर जनताको जीउधनको सुरक्षा गर्न भनेको हो । सात दिनभित्र नाली, खेतलगायतको पानी वितरण पूर्णरूपमा रोकेर शुद्ध ख

Read More

बागलुङ बजार एक साता बन्द

Posted on August 18, 2020 | views : 1331 | बाग्लुङ्ग - BGL

भदौ २, बागलुङ । कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै बागलुङ उद्योग वाणिज्य सङ्घले एक साताका लागि उद्योग, व्यवसाय बन्द गर्न व्यवसायीमा आग्रह गरेको छ । गए मध्यरातिदेखि लागू हुने गरी यही भदौ ७ गतेसम्म बजार बन्द गर्ने निर्णय भएको सङ्घले जनाएको छ । सङ्घका अध्यक्ष युवराज राजभण्डारीद्वारा सोमबार जारी विज्ञप

Read More

बागलुङमा पहिरोमा परी तीन जनाको मृत्यु : पुष्पलाल लोकमार्ग अवरुद्ध

Posted on August 15, 2020 | views : 1520 | बाग्लुङ्ग - BGL

साउन ३१, बागलुङ (रासस) । निसीखोला गाउँपालिकाका विभिन्न ठाउँमा गए राति गएको पहिरामा परी तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं ५ का १४ वर्षीय वीरेन्द्र विक, सोही ठाउँका ६ वर्षीय  प्रवेश विक र वडा नं ३ की ६० वर्षीया बली विक  छन् ।  घरमाथिबाट खसेको पहिरामा पुरिएका तीनै जनालाई मृत

Read More

बागलुङका पहिरो पीडितलाई गाउँपालिकाले घर बनाइदिने

Posted on August 12, 2020 | views : 1437 | बाग्लुङ्ग - BGL

साउन २८, गलकोट । बागलुङ जिल्लाको तमानखोला गाउँपालिकाले पहिराले घरबार गुमाएका पानबहादुर रसाइलीको घर बनाइदिने भएको छ । यही साउन १२ गते राति अविरल वर्षाका कारण तमानखोला २ खोलेसबाङमा गएको पहिराले भत्किएको रसाइलीको घर गाउँपालिकाले निर्माण गरिदिने भएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले जानकारी दिनुभयो ।&

Read More

मनलाग्दी राहत : राहतमै विभेद

Posted on August 11, 2020 | views : 1534 | बाग्लुङ्ग - BGL

साउन २७, बलेवा । बाढी र पहिराका कारण घरगोठ भत्किएकालाई जिल्ला विपद् व्यवस्थापन समितिले दिने राहतमा विभेद हुने गरेको भेटिएको छ । समितिले बाढीपहिरो पीडितलाई मनलाग्दी राहत वितरण गरेको हो । यही साउन ७ गते बागलुङ नगरपालिका–५ मालिकामा पहिराका कारण भत्किएका पाँच घरपरिवारका लागि समितिले उपलब्ध गराउने राहत र

Read More

बागलुङमा मरेका कुखुरा भित्रिए

Posted on August 11, 2020 | views : 1509 | बाग्लुङ्ग - BGL

साउन २७, गलकोट । कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भन्दै बागलुङ जिल्लामा पशुपक्षी भित्र्याउन रोक लगाइए पनि अनुमतिविपरीत कुखुरा भित्रिएका छन् । सोमबार पोखराबाट भित्रिएको ५०० कुखुरामध्ये ३० कुखुरा मरेका र ४० कुखुरा बिरामी परेको फेला परेको छ ।  सोमबार बिहान भित्रिएकामध्ये मरेका कुखुरा बागलुङ नगरप

Read More

गर्भवतीको हवाई उद्धार

Posted on August 10, 2020 | views : 2059 | बाग्लुङ्ग - BGL

साउन २६, गलकोट । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–७ कि १७ वर्षीया गर्भवती सुत्केरी हुन नसकेपछि हवाई उद्धार गरिएको छ ।  सुत्केरी व्यथा लागेर सो स्थानकी लक्ष्मी गुरुङलाई शुरुमा भिमगिठे स्वास्थ्यचौकी लगिएको थियो ।  नवजात शिशु जन्मनुभन्दा पहिले नै साल खसेर  शिशुको हात बाहिर निस्केका कारण

Read More

काठमाडौँ सहित यी ७ जिल्ला कोरोनाको 'रेडजोन'मा, कहाँ कति संक्रमित ?

Posted on August 10, 2020 | views : 33725 | बाग्लुङ्ग - BGL

साउन २६, काठमाण्डौ | नेपालमा कोरोना महामारी बढेको छ । लकडाउन खुलेसँगै काठमाण्डौ सहित बिभिन्न जिल्लामा गतिबिधि बढेको कारण कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढेको पाइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार काठमाण्डौमा ९० जना र ललितपुरमा दुई जना सङ्क्रमित थपिएका छन् । योसँगै काठमाण्डौ

Read More

बागलुङ कारागारको समस्या हट्यो

Posted on August 09, 2020 | views : 1347 | बाग्लुङ्ग - BGL

साउन २५, गलकोट । क्षमताभन्दा तीन गुणा कैदीबन्दी राख्दै आएको बागलुङ जिल्ला कारागारको समस्या समाधान हुने भएको छ । जिल्ला कारागारमा छुट्टै महिला बन्दी गृह निर्माण भएपछि लामो समयदेखि झेल्दै आएको कैदीबन्दीको समस्या समाधान हुने भएको हो । अहिले महिला कैदीबन्दी गृह निर्माणसम्पन्न भई हस्तान्तरणको चरणमा छ ।&n

Read More

पहिचान संरक्षणमा लगानी गरिँदै

Posted on August 07, 2020 | views : 1396 | बाग्लुङ्ग - BGL

साउन २३, बलेवा । बागलुङको गलकोट नगरपालिकाले आफ्नो क्षेत्र चिनाएका दुई ठाउँको संरक्षणको योजना बनाएको छ । चालू वर्ष नगरपालिकाले गलकोट चिनाउने थिरबम मल्लको पार्क र शालिक निर्माण गर्ने योजना तथा बजेट विनियोजन गरेको हो ।  शालिक निर्माण र पार्क कुन स्थानमा बनाउने भन्ने यकिन नभए पनि चालू वर्षका लागि र

Read More

रोकियो जात्रा

Posted on August 07, 2020 | views : 1626 | बाग्लुङ्ग - BGL

साउन २३, बागलुङ । कोरोना सङ्क्रमणको जोखिम हुन नदिन यहाँको नेवार समुदायमा प्रचलित जात्रा र नाचहरु स्थगन गरिएको छ । भदौरे जात्राअन्तर्गतका सबै नाच यस वर्ष नदेखाउने निर्णय भएको शाक्य कल्याण समाज बागलुङका सचिव मञ्जुल शाक्यले जानकारी दिनुभयो । “समाजको बैठक बसेर यस वर्ष जात्रा र नाच ननिकाल्ने निर्णय गर्यौ

Read More

मोती सार्थक सम्मान रानालाई

Posted on August 07, 2020 | views : 7882 | बाग्लुङ्ग - BGL

साउन २३, गलकोट । यस वर्षको मोती सार्थक सम्मान कला क्षेत्रका  क्याप्टेन पूर्णबहादुर रानालाई प्रदान गरिने भएको छ । जिल्लामा अन्तर्राष्ट्रिय मूर्तिकला आयोजना गरेर प्रेरणादायक कार्यको नेतृत्व गर्नुभएका उहाँ पूर्वसांसद समेत हुनुहुन्छ ।  निरन्तरको समाजसेवा र कला साधनाको विकासमा अथक योगदान कदरस्व

Read More

बागलुङमा विपद्को घटनाबाट चारको मृत्यु, एक बेपत्ता, ५४ घर भत्किए

Posted on July 31, 2020 | views : 1503 | बाग्लुङ्ग - BGL

साउन १६, गलकोट । बागलुङ जिल्लामा विपद्को घटनाबाट असारयता मात्रै चार जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । यस्तै जिल्लाभर ५४ घर भत्किएका छन् भने सयौँ घर पहिराको उच्च जोखिममा रहेको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ ।  अविरल वर्षापछि साउन १० गते गएको पहिराले बागलुङ नगरपालिका–१

Read More

पहिरामा स्काभेटर पुरियो, दुई चालक बेपत्ता

Posted on July 26, 2020 | views : 2039 | बाग्लुङ्ग - BGL

साउन ११, बागलुङ | बागलुङ नगरपालिका–१ निरयघाट नजिक खसेको पहिराले स्काभेटर, टिपर र ट्र्याक्टर पुरेको छ । गएराति साढे आठ बजे खसेको पहिरामा परी टिपर चालक निर्मल पुन र ट्र्याक्टर चालक रोशन नेपाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिनुभयो । स्काभेटर चालक भने सम्पर्

Read More

नेपालमा अझै पाँच दिन भारी वर्षा हुने

Posted on July 20, 2020 | views : 26974 | बाग्लुङ्ग - BGL

असार ५, काठमाण्डौ | नेपालमा अझै पाँच दिनसम्म भारी वर्षात हुने भएको छ ।  न्यून चापीय रेखा नेपाली आकाशमाथि आएर बसेको र उक्त रेखा नहटेसम्म वर्षात जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका महानिर्देशक सरजुकुमार वैद्यले मुलुकको मौसमी अवस्थाबारे सोमबार ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री

Read More

हराएको छोरा १५ वर्षपछि घर फर्किएपछि ...

Posted on July 18, 2020 | views : 2355 | बाग्लुङ्ग - BGL

रामबहादुर थापा । साउन ३, बागलुङ । सँधैझैँ बिहानको घरधन्दा सम्हाल्दै हुनुहुन्थ्यो, रुपा पन्त । सोचे न सम्झेको छोरा नगेन्द्र टुप्लुक्क आँगनछेउ देखिनुभयो । रुपाका गह आँशुले भरिए । वाक्य फुटेन । हराएको छोरा १५ वर्षपछि घर फिर्दा उहाँलाई शुरुमा सपनाजस्तै लाग्यो । एउटी आमाका लागि आश मारिसकेको छोरासँगको पुन

Read More

लोकमार्ग कतै भासियो, कतै कालोपत्र उप्कियो

Posted on July 16, 2020 | views : 1597 | बाग्लुङ्ग - BGL

साउन १, गलकोट (रासस) । राष्ट्रिय गौरवको आयोजनाको मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिवाङ खण्डको कालोपत्र उप्किएको छ । जिल्लाको ‘लाइफ लाइन’ सडकका रुपमा रहेका सो खण्डमा वर्षात्का कारण बाढीपहिराले कतै भासिने र कतै कालोपत्र उप्काइदिएको छ ।   बागलुङ बजारदेखि घोडाबाँधे खण्डको २५ किलोमिटर

Read More

कालीगण्डकी करिडोरको बागलुङ खण्डमा ठाउँठाउँमा पहिरो

Posted on July 16, 2020 | views : 1585 | बाग्लुङ्ग - BGL

 साउन १, बलेवा । नेपाली सेनाले १० मिटर चौडा गरेर सात महिनाअघि सडक विभागको जिम्मा लगाएको कालीगण्डकी करिडोरको सडकखण्ड बर्खा लागेसँगै प्रयोगमा आउन छोडेको छ । वर्षाले ठाउँ–ठाउँमा पहिरो झरेपछि करिडोरको मालढुङ्गा–बलेवा विमानस्थल खण्ड अवरुद्ध भएको हो । सडकमा पहिरा खसेको दुई साता बितिसक्दासमेत सरोकारवा

Read More

घुस लिएको अभियोगमा इञ्जीनियर पक्राउ

Posted on July 16, 2020 | views : 1370 | बाग्लुङ्ग - BGL

साउन १, बलेवा। बागलुङको ढोरपाटन नगरपालिकाका इञ्जीनियर मिलन अधिकारी एक लाख घुस लिएको अभियोगमा पक्राउ परेका छन् । उनलाई अख्यितार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले पोखराको जिरो किलोमिटरबाट बुधबार साँझ रङ्गेहात पक्राउ गरेको जनाएको छ । ढोरपाटन नगरपालिकाको एक विकासे आयोजनाका उपभोक्ता समितिका पदाधिक

Read More

तरामी मगरले मनाउन पाएनन् ‘असारे’

Posted on July 13, 2020 | views : 1450 | बाग्लुङ्ग - BGL

रामबहादुर थापा । असार २९, बागलुङ । यहाँको पुस्तैनी मेला ‘असारे’ यसपालि लागेन । ताराखोला गाउँपालिका–५ मा चल्ने मेलालाई कोरोनाले रोक्यो । बर्सेनि असार तेस्रो मङ्गलबारदेखि शुरु हुने मेला सातादिन चल्थ्यो । स्थानीय तरामीमगरले हर्षोल्लासपूर्वक असारे मनाउँथे । बर्खे झरीकोसमेत पर्वाह नगरी मेलामा रम्थे । असा

Read More