समाज | बाग्लुङ्ग - BGL


ज्योतिसको भेषमा बालिका अपहरणको प्रयास गर्ने पक्राउ

Posted on October 22, 2019 | views : 2026 | बाग्लुङ्ग - BGL

कात्तिक ५, बागलुङ | जिल्लाको निसीखोलामा सोमबार बालिका अपहरणको प्रयास गरिएको छ । ज्योतिष भेषका घुमन्ते ३४ वर्षीय अन्जल कुँवर क्षत्रीले निसीखोला गाउँपालिका–२ वायखोला खाडु बस्ने लोकबहादुर कुवँरकी १० वर्षीया छोरी मिनाक्षी कुँवरलाई अपहरणको प्रयास गरेको प्रहरीले जनाएको छ ।  अपरिचित मानिसले बालिकालाई

Read More

प्रवासीको सहयोगमा बागलुङमा आँखा उपचार केन्द्र

Posted on October 11, 2019 | views : 1873 | बाग्लुङ्ग - BGL

असोज २४, बागलुङ | गलकोट समाज जापानको आर्थिक सहयोगमा गलकोट नगरपालिका–५ हरिचौरमा आँखा उपचार केन्द्र बन्ने भएको छ । रु ८५ लाखको लागतमा बन्ने केन्द्रको भवन एक वर्षभित्र पूरा गर्ने लक्ष्य छ । गलकोट आँखा उपचार केन्द्र स्थापनाका लागि समाजले गत वर्ष जापानमा आर्थिक सहयोग अभियान चलाएको थियो । शहीद थीरबम मल्ल

Read More

भोलीदेखि दशैं सुरु: घटस्थापनाको साइत १०:३५ बजे, यस्ता छन् दशैंका ९ दिनका महत्व

Posted on September 28, 2019 | views : 29585 | बाग्लुङ्ग - BGL

असोज ११, काठमाडौँ | भोली आइतबारदेखि हिन्दुहरुको महान पर्व दशैं सुरु हुँदैछ । हिन्दुहरुले हरेक बर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दशैं मनाउने गर्दछन । भोली दशैंको पहिलो दिन अर्थात घटस्थापना । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धूमधामका साथ दशैं मनाइन्छ । भोली घटस्थापनाको

Read More

भ्रष्टाचारमा बागलुङ पाँचौँ स्थानमा

Posted on September 12, 2019 | views : 1874 | बाग्लुङ्ग - BGL

 भदौ २६, गलकोट । गण्डकी प्रदेशका ११ जिल्लामध्ये बागलुङ भ्रष्टाचार हुने जिल्लाको सूचीमा पाँचौँ स्थानमा देखिएको छ ।  आर्थिक वर्ष २०७५/७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखरामा परेका उजुरीका आधारमा बागलुङ भ्रष्टाचार हुने पाँचाँै जिल्लाका रुपमा सूचीकृत भएको हो । बढी भ्र

Read More

पदमागर्दले जोडिँदै पञ्चकोट–ढोरपाटन

Posted on September 10, 2019 | views : 2104 | बाग्लुङ्ग - BGL

खेमराज गौतम, भदौ २४, गलकोट ।  बागलुङको पर्यटन विकासका लागि नयाँ पदमार्ग पहिचान गरिएको छ । नेपालका १०० पर्यटकीय गन्तव्यमध्येका दुई गन्तव्य पञ्चकोट र ढोरपाटनलाई पदमार्गमार्फत जोड्न पदमार्ग पहिचान गरिएको हो ।   पदमार्गले दुई पर्यटकीय गन्तव्यलाई जोडेर त्यस क्षेत्रमा भएका अन्य पर्यटकीय सम्

Read More

बडिगाड गाउँपालिका ३ सिसाखानीमा खानेपानी निर्माण कार्यको आम भेला सम्पन्न

Posted on September 09, 2019 | views : 1926 | बाग्लुङ्ग - BGL

हेम विश्वकर्मा | भदौ २३, बाग्लुङ | बडिगाड गाउँपालिका वडा नं ३ सिसाखानीमा खानेपानी निर्माण कार्यको आम भेला सम्पन्न भएको छ ।  वडिगाड गाउँपालिका ३ नं वडा कार्यलयको आयोजना , नेपाल स्वास्थ्यका लागि खानेपानी कार्यक्रम नेवाको सहजीकरणमा धाराखोला खानेपानी योजना साल्फेद र योजना चम्लाफेद अन्तर्गतको खानेपा

Read More

बागलुङमा पाँच जुवाडे पक्राउ

Posted on September 02, 2019 | views : 1920 | बाग्लुङ्ग - BGL

भदौ १६, बाग्लुंग | बागलुङ जिल्ला प्रहरी कार्यालयले आइतबार बागलुङ बजारबाट जुवा खेलिरहका पाँच जुवाडे पक्राउ गर्नाका साथै उनीहरूको साथबाट रु ७२ हजार बरामद गरेको  छ । बागलुङ नगरपालिका–२ श्रीनगरटोलस्थित सुरज बोगटीको घरको भुइँतला भाडामा लिई बस्ने झापा विर्तामोड नगरपालिका–२ का हरिप्रसाद खतिवडाले जुवात

Read More

विदेशबाट फर्केर सामूहिक तरकारी खेती

Posted on August 30, 2019 | views : 2082 | बाग्लुङ्ग - BGL

भदौ १३, गलकोट । सत्र वर्ष साउदी अरबमा कृषि क्षेत्रमा काम गरेर स्वदेश फकर्नुभएका बागलुङ जिल्लाको गलकोट नगरपालिका–११ गिरौदीका जीतबहादुर रानामगर विदेश बसाइँबाट सन्तुष्ट हुनुभएन । त्यहाँ बस्दा कृषिको  अनुभव सङ्गाल्नुभएका उहाँ विगत आठ वर्षदेखि वृहतरूपमा तरकारी खेती गर्दै आउनुभएको छ ।  अहिले गलक

Read More

बाग्लुंगकि एक बृद्धा महिलाको शव चार दिनपछि बडीगाड छेउमा भेटियो

Posted on August 29, 2019 | views : 1852 | बाग्लुङ्ग - BGL

भदौ १२, बुर्तिबाङ | बगुलंगको निसीखोला गाउँपालिका वडा नं. ५ बस्ने वर्ष ६७ की हरिकला बुढाको शब चार दिनपछि वडीगाड नदीको किनारमा फेला परेको छ । प्रहरीले खोजी गर्ने क्रममा बुधबार बुढाको शव गुल्मीको मुसीकोट नगरपालिका वडा नं.१ बगाह नजिकै खोलाको छेउमा फेला पारेको थियो ।   उनी गत भदौ ८ गते दिदीलाई

Read More

लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्ड एक महीना बन्द हुने

Posted on August 29, 2019 | views : 1815 | बाग्लुङ्ग - BGL

गलकोट, १२ भदौ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डमा सडक विस्तारका लागि एक महीना दैनिक आठ घण्टा सडक बन्द गरिने भएको छ ।   जिल्ला प्रशासन कार्यालय बागलुङमा बुधबार बसेको सरोकारवालाहरुको बैठकले बागलुङ नगरपालिका–३ खहरे क्षेत्रमा रहेको चट्टानसहितको पहरो कटानका लागि झण्डै ए

Read More

यस्तो रहनेछ आगामी तीन दिनको मौषम

Posted on August 26, 2019 | views : 25171 | बाग्लुङ्ग - BGL

भदौ ९, काठमाडौँ | पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर आंसिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा  हल्का तथा  मध्यम वर्षा हुने अनुमान गरिएको छ ।  जल तथा मौसम विज्ञान विभागका  मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले

Read More

रवि लामिछानेको रिहाइको माग गर्दै बाग्लुङमा पदर्शन

Posted on August 24, 2019 | views : 2244 | बाग्लुङ्ग - BGL

हेम विश्वकर्मा | भदौ ७, बुर्तिबाङ | टेलिभिजन प्रस्तोता रवि लामिछानेको रिहाइको माग राख्दै बुर्तिबाङमा पनि उनका समर्थकहरुले प्रदर्शन गरेका छन् ।  पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएपछि प्रहरी नियन्त्रणमा रहेका टेलिभिजनकर्मी लामिछानेको रिहाइको माग गर्दै स्वतन्त्र युवा संञ्जालले आज

Read More

बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुल निर्माण गर्न दैनिक आठ घण्टा सडक बन्द

Posted on August 21, 2019 | views : 2629 | बाग्लुङ्ग - BGL

भदौ ४, गलकोट।  बागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण गर्न लागिएको झोलुङ्गे पुलको सहायक जग निर्माण गर्न दैनिक साढे आठ घण्टा सडक बन्द गरिने भएको छ । जिल्लाको बागलुङ नगरपालिका–१ बाङ्गेचौरदेखि पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने नेपालकै लामो झोलुङ्गे पुल निर्माण गर्न दैनिक सा

Read More

१६ दिनपछि खुल्यो लोकमार्ग

Posted on August 20, 2019 | views : 1674 | बाग्लुङ्ग - BGL

भदौ ३, बागलुङ । बाढीले क्षति पु¥याउँदा गत साउन २० गतेदेखि जिल्लाको तुरतुरेमा अवरुद्ध मध्यपहाडी पुष्पलाल लोकमार्ग आज दिउँसोबाट खुलेको छ । बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमामा १६ दिनदेखि लोकमार्ग ठप्प थियो । अस्थायी मार्ग खोलेपछि लोकमार्ग नियमित पुनःसञ्चालन भएको आयोजना व्यवस्थापनले जनाएको छ

Read More

बागलुङमा भेलले बगाएर एक बालिकाको मृत्यु

Posted on August 19, 2019 | views : 1997 | बाग्लुङ्ग - BGL

भदौ २, गलकोट । बागलुङको बडिगाड गाउँपालिकामा अविरल वर्षासँगै आएको भेलले बगाउँदा आइतबार साँझ एक बालिकाको मृत्यु भएको छ । बडिगाड गाउँपालिका–७ थाम्काकी बुद्धिबहादुर परियारकी आठ वर्षीया छोरी शर्मिला परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।   बडिगाडस्थित डाँफेपातल आधारभूत

Read More

मङ्गलबारदेखि लोकमार्ग खुल्ने

Posted on August 17, 2019 | views : 1611 | बाग्लुङ्ग - BGL

साउन ३२, गलकोट । बाढीले क्षति पु¥याउँदा जिल्लाको तुरतुरेमा अवरुद्ध मध्यपहाडी पुष्पलाल लोकमार्ग आगामी मङ्गलबार (भदौ ३ गते)देखि खुल्ने भएको छ । बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमामा बाढीले क्षति पु¥याउँदा १३ दिनदेखि लोकमार्ग ठप्प रहेको छ । तुरतुरे ताल फुट्दा बडिगाड खोलामा आएको बाढीले २०० मिटर

Read More

बागलुङ जिल्ला प्रहरी कार्यालयद्वारा तीन अभियुक्त सार्वजनिक

Posted on August 16, 2019 | views : 2403 | बाग्लुङ्ग - BGL

साउन ३१, गलकोट । बागलुङ जिल्ला प्रहरी कार्यालयले छुटृाछुटृै मुद्दामा आरोप लागेका तीन अभियुक्तलाई आज सार्वजनिक गरेको छ । ढोरपाटन नगरपालिका–८ बोबाङ गाउँमा वृद्ध दम्पतीको हत्याका अभियुक्त मृतकका आफ्नै भाइ ६१ वर्षीय मसाने कामीलाई  सार्वजनिक गरिएको हो । निजले वोबाङ गाउँमा गत साउन २५ गते राति वृद्ध द

Read More

बाग्लुङमा एक महिला मृत फेला

Posted on August 15, 2019 | views : 2715 | बाग्लुङ्ग - BGL

साउन ३०, गलकोट । जैमिनी नगरपालिका–२ डाडी बस्ने ३५ वर्षीया देवी ढकाल आज मृत फेला पर्नुभएको छ ।   नगरपालिका–४ स्थायी घर भई हाल डाँडाखेत भन्ने स्थानमा बस्दै आउनुभएकी ढकाल आफू बसेको घर नजिकैको  सडकको नालीमा घोप्टो अवस्थामा उहाँको शव फेला परेको बागलुङ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी

Read More

बागलुङमा वृद्ध दम्पतीको हत्या

Posted on August 11, 2019 | views : 2652 | बाग्लुङ्ग - BGL

 साउन २६, बलेवा । बागलुङको ढोरपाटन नगरपालिका–८ बोबाङमा एक दम्पतीको हत्या भएको छ । आफ्नै घरमा रहेका ढोरपाटन नगरपालिका–८ बोबाङका ६८ वर्षीय भानबहादुर कामी र उहाँकी ६० वर्षीया श्रीमती बीमा कामीको शनिबार राति अपरिचित व्यक्तिले धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जनाएको छ । उहाँहरुलाई आइतबार

Read More

प्रध्यानाध्यापकको कुटाइबाट विद्यार्थीको दाँत नै झरेपछि...

Posted on August 09, 2019 | views : 1843 | बाग्लुङ्ग - BGL

साउन २४,  बागलुङ | प्रधानाध्यापकको कुटाइबाट एक छात्र घाइते भएका छन् । बागलुङ नगरपालिका वडा नं १४ नारायणस्थानस्थित गणेश माध्यमिक विद्यालयका प्रअ कृष्ण गौतमको कुटाइबाट कक्षा १० मा अध्ययनरत १६ वर्षीय कुशल पौडेल घाइते भएका हुन् । कुटाइका कारण कुशलकोे अगाडिको माथिल्लो दाँत खसेको उनका बाबु प्रेमप्रसा

Read More

बागलुङका बिरामीलाई पोर्चुगलबाट सहयोग

Posted on August 08, 2019 | views : 1825 | बाग्लुङ्ग - BGL

साउन २३, बागलुङ | बागलुङ समाज पोर्चुगलले बागलुङ जिल्लाका मिर्गौलापीडित र क्सान्सरपीडित बिरामीलाई आर्थिक सहयोग प्रदान गरेको छ । समाजको पहलमा पोर्चुगलमा सङ्कलन भएको दुई हजार ४०० युरो अर्थात् रु दुई लाख ९३ हजार २८० जिल्लाका तीन बिरामीलाई सहयोगस्वरुप प्रदान गरिएको समाजका अध्यक्ष प्रेम खड्काले राससलाई जा

Read More

‘फुट्यो ताल, टुट्यो सपना’

Posted on August 05, 2019 | views : 2639 | बाग्लुङ्ग - BGL

रामबहादुर थापा, साउन २०, बागलुङ (रासस) । तुरतुरे ताल अब रहेन । चानचुन एक वर्ष थामिएको ताल साउनको बाढीसँगै बिलायो । सुन्दर ताल सोमबार बिहान एकाएक बगरमा परिणत भयो । अकस्मात बनेको ताल उसैगरी गयो । भाग्यवश ताल फुट्दा ठूलो क्षति भने भएन ।  गत वर्ष भदौ ३० गते खसेको पहिरोले बडिगाड खोला थुनिदा ताल बनेक

Read More

बागलुङमा पहिरोले पुरिएर ३ को मृत्यु, ५ जनाको उद्धार

Posted on August 05, 2019 | views : 1985 | बाग्लुङ्ग - BGL

 साउन २०, काठमाडौँ |  बागलुङको तमानखोला गाउँपालिका ४, सन्टारकामा पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको छ । आइतबार राति गएको पहिरोले सन्टारा गाउँका पाँच घर बगाउँदा ४५ वर्षीय पञ्चकुमारी श्रीपाली, ७९ वर्षीया अन्सारी श्रीपाली र उनका नाती १२ वर्षीय प्रविण श्रीपालीको मृत्यु भएको प्रहरीले जानकारी

Read More

बागलुङमा पहिरोमा परी एकको मृत्यु, दुई बेपत्ता

Posted on August 05, 2019 | views : 1954 | बाग्लुङ्ग - BGL

तमानखोला गाउँपालिका–४ लाम्मेला, सन्टरमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने दुई बेपत्ता छन् । गए राति गएको पहिरोमा परी स्थानीय ओमबहादुर श्रीपालीकी श्रीमती ४५ वर्षीया पञ्चकुमारीको ज्यान गएको प्रहरीले जनाएको छ ।  पहिरोमा परी स्थानीय देवेन्द्र श्रीपालीकी ७० वर्षीया आमा असारी श्रीपाली&nbs

Read More

विप्लब समूहका जिल्लास्तरीय नेता पक्राउ

Posted on August 04, 2019 | views : 1566 | बाग्लुङ्ग - BGL

 साउन १९, गलकोट । नेत्रविक्रम चन्द नेतृत्व समूहका जिल्लास्तरीय नेता हरिबहादुर कुवँरलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको पश्चिम क्षेत्र ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजारबाट पक्राउ गरिएका ४० वर्षीय कुवँरलाई आज जिल्ला प्रहरी कार्यालय बागलुङ ल्याइएको हो ।  बुर्तिबाङ बजारमा औषधि व्यवसाय

Read More

बागलुङ : पहिरोमा ज्यान गुमाएको परिवारलाई छ लाख सहयोग

Posted on August 04, 2019 | views : 1393 | बाग्लुङ्ग - BGL

साउन १९, गलकोट । बागलुङ जिल्लाको गलकोट नगरपालिका–८ काँडेबासस्थित पहिरोपीडित एक परिवारलाई काँडेवास  सेवा समाज जापानद्वारा रु छ लाख १२ हजार सहयोग प्रदान गरिएको छ ।  गत साउन ७ गते अविरल वर्षाका कारण गोठ बगाउँदा गोठमा भैँसी दुहुदै गरेकी सीता गौतमको मृत्यु भएको थियो । गौतमसँगै दुई भैँसी तथा एक

Read More

नदी तर्नेक्रममा बेपत्ता भएका बिकको शव ९ दिन पछि फेला

Posted on August 02, 2019 | views : 1820 | बाग्लुङ्ग - BGL

हेम विश्वकर्मा  | १७ साउन, बुर्तिबाङ बागलुङ | जिल्लाको ढोरपाटन नगरपालिका ९ स्थित नवीखोला (उत्तरगंगा) ले बगाउँदा बेपत्ता भएका सेते बि.क को शव आज फेला परेको छ । गत साउन ८ गते नवीगाउँदेखि स्यालपाखे जाने क्रममा स्थानिय ५४ वर्र्षीय नर बहादुर विक र २२ वर्र्षीय सेते विकलाई नदीले बगाएको थियो ।  दु

Read More

बागलुङमा नौ हजार सवारीसाधन कारवाहीमा

Posted on July 29, 2019 | views : 1617 | बाग्लुङ्ग - BGL

साउन १३, बागलुङ | बागलुङमा गत आवमा ट्राफिक नियम मिच्ने नौ हजार ४४५ सवारीसाधन कारवाहीमा परेका छन्् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका अनुसार सवारी कारवाहीबाट रु ५७ लाख १५ हजार राजश्व उठेको छ । अघिल्लोको तुलनामा आव ०७५-०७६ मा कारवाहीमा पर्ने सवारीसाधनको सङ्ख्या बढी छ । आव ०७४-०७५ मा जम्मा सात ह

Read More