बैतडीमा कांग्रेस नेता साउँद सहभागी सभामा आक्रमण

Posted on: 16 Feb, 2021

फागुन ४, बैतडी । बैतडीमा नेपाली कांग्रेसको विरोध सभामा नेपाल कम्युनिस्ट पार्टी ओली समूहका कार्यकर्ताले आक्रमण गरेका छन्।  जिल्लाको डिलासैनी गाउँपालिका–३ पनसेरामा आयोजित सभामा गाउँपालिकाको केन्द्रको विषयलाई लिएर कार्यकर्ताले ढुंगामुढा गरेका हुन।

उक्त सभामा नेपाली कांग्रेसका नेता एनपी साउँद,नेतृ डिला सङ्ग्रौला र नैनसिंंह महरलगायतको सहभागीता रहेको थियो। आक्रमणपछि दुई पक्षबिच दोहोरो ढुङ्गा हानाहानमा परी ६ जना घाइते भएका छन्।

झडपपछि उक्त स्थलमा प्रहरीको टोली पुगेको छ। 

प्रहरी टोलीले झडप रोक्ने प्रयास गरिरहेको बताइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!