दोलखामा श्रेष्ठ, बैतडीमा पाल र ताप्लेजुङमा थेबे निर्वाचित

Posted on: 11 Jan, 2022

पुस २७, चरिकोट | नेकपा एमाले दोलखा जिल्लाको अध्यक्षमा नरबहादुर श्रेष्ठ निर्वाचित हुनुभएको छ । नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा उहाँले प्रत्याशी भरतप्रसाद दुलाललाई २२५ मतअन्तरले पराजित गर्नुभएको थियो । उपाध्यक्षमा राजेन्द्र मानन्धर, सचिवमा हिरा थोकर, उपसचिवमा धमेन्द्र मोक्तान, कमला बस्नेत र सुन्दर कार्की निर्वाचित हुनुभयो । 

जिल्लाभरका ८३२ प्रतिनिधिमध्ये ८०७ मत खसेकामा श्रेष्ठले ५०९ मत प्रप्त गर्नुभएको थियो भने दुललाले २८४ मत प्राप्त गर्नुभएको थियो । निर्वाचित भएपछि  पद तथा गोपनीयताको शपथ लिदै  अध्यक्ष श्रेष्ठले पार्टीलाई विधिवत् रुपमा सञ्चालन गरी साङ्गठनिक, आर्थिकलगायत सबै क्षेत्रमा मजबुद बनाएर लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

बैतडीमा  पाल

यसैगरी बैतडीमा पुनः सुरेन्द्र पाल अध्यक्षमा निर्विरोध  चयन हुनुभएको छ ।  पाटनमा सम्पन्न आठौँ जिल्ला अधिवेशनले पाललाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।उपाध्यक्षमा रमिल बम, सचिवमा चक्र कार्की, उपसचिवमा लोकेन्द्र भण्डारी र सरस्वती नेपाली निर्वाचित हुनुभयो । अध्यक्ष पालको नेतृत्वमा  ९० सदस्यीय जिल्ला कमिटी पनि गठन गरिएको छ ।  

ताप्लेजुङमा थेबे  

पार्टीको ताप्लेजुङ जिल्ला समितिको अध्यक्षमा भुपेन्द्र थेबेले बलबहादुर साम्सोहाङलाई ५६ मतले पछि पार्दै विजयी हुनुभएको छ । जम्मा ६३५ मतमध्ये  थेबेले ३२९ मत प्राप्त गर्नुभएको थियो  भने साम्सोहाङले २७३ मत प्राप्त गर्नुभएको थियो ।  उपाध्यक्षमा सन्तोष खतिवडा, सचिवमा केसरकुमार मेन्याङबो तथा  उपसचिवद्वयमा मणि पोमु र दीपेन पोमुले विजयी हुनुभएको थियो  ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!