सिगास १ मा कांग्रेसका ऐरी विजयी

Posted on: 14 May, 2022

वैशाख ३१, बैतडी | बैतडीको सिगास गाउँपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका रामचन्द्र ऐरी प्यानलसहित विजयी भएका छन् । ऐरी ३४५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी गगनसिंह धामीले २८४ मत प्राप्त गरेका छन् । 

पराजित भएका धामी यसअघि २०७४ को चुनावमा वडाध्यक्षमा निर्वाचित भएका थिए । अहिले विजयी भएका ऐरी यसअघिको चुनावमा धामीसँगै पराजित भएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!