बैतडीमा स्वतन्त्र उम्मेदवारको अग्रता

Posted on: 21 Nov, 2022

मङ्सिर ५, काठमाडौँ। बैतडीमा प्रतिनिधिसभा क्षेत्र नं. १ (क) अन्तर्गतको ताजा मत परिणाम अनुसार स्वतन्त्रका हरिमोहन भण्डारीले अग्रता लिएका छन् । उनले २२६ मत पाउँदा नेकपा एमालेका उम्मेदवारले १८७ मत पाएका छन् । त्यस्तै नेपाली कांग्रेसका वीरबहादुर बिष्टले १४७ मत पाएर तेश्रो स्थानमा छन् । 

यस्तै प्रदेशसभा क्षेत्र नं. (ख) अन्तर्गत नेकपा एमालेका लीलाधर भट्टले ६०९ मत पाएर अग्रता लिएका छन् । त्यस्तै नेपाली कांग्रेसका शिवराज भट्टले ३९९ मत पाएर पछ्याईरहेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!