बैतडीको शिवनाथ १ मा कांग्रेस र सुर्नया १ मा एमाले प्यानल सहित विजयी

Posted on: 14 May, 2022

वैशाख ३१, बैतडी | बैतडीको सुर्नया गाउँपालिका १ म नेकपा एमाले बिजयी भएको छ । एमालेका वडा अध्यक्षका उम्मेदवार धन बहादुर चन्दसहित प्यानलै बिजयी भएका हुन् ।

एमालेका उम्मेदवार चन्दले १५५ मत ल्याएर बिजयी भएका हुन् । कांग्रेसका उम्मेदवारले ११५ मत प्राप्त गरेका छन् । सदस्यहरुमा दिलाराम कोली, अर्जुन बहादुर चन्द, सिता ढोली र अनिता चन्द बिजयी भएका छन् ।

जिल्लाको शिवनाथ गाउँपालिका वडा न. १को अध्यक्षमा नेपाली कांग्रेसका बल्देब सिंह चाड प्यानल सहित विजयी भएका छन् ।

चाड ७०० मत प्राप्त गर्दै विजयी भएका हुन् भने, उनका निकटतम् प्रतिद्धन्दी नेकपा (एमाले) उम्मेदवार देवसिंह साउदले ४७० मत प्राप्त गरेका छन् ।

उक्त वडाबाट पालिका अध्यक्ष, उपाध्यक्षमा सत्ता साझेदार गठबन्धनका उम्मेदवार अगाडी देखिएका छन् । पालिका अध्यक्षमा कांग्रेसका कर्णसिंह साउदले ६सय ४१मत प्राप्त गरेकाछन् भने, एमालेका उम्मेदवार हजारीसिंह साउदले ५सय ६ मत ल्याएकाछन् ।

उपाध्इक्षमा माओवादीका उम्मेदवार नरेन्द्र सिंह साउदले ५१४ मत ल्याएर अग्र स्थानमा छन् भने, नेकपा एमालेका सकुन्तला साउदले ४७१मत प्राप्त गरेकाछन् । अहिले वडा न. २को मतगणना जारी रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!