‘नीतिनियम कार्यान्वय गर्ने प्रमुख निकाय नै कर्मचारी संयन्त्र हो’

Posted on: 28 Feb, 2022

फागुन १६, मार्तडी । सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले सरकारी सेवामा रहेका निजामती कर्मचारीले नागरिकलाई निष्पक्ष र तटस्थ रहेर सेवा दिन निर्देशन दिनुभएको छ । 

गृह जिल्ला भ्रमणका क्रममा सदरमुकाम मार्तडीमा कर्मचारी मिलन केन्द्रले आज आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा उहाँले विगतमा कर्मचारीले राजनीतिक दबाबका आधारमा जनताको सेवा प्रवाह गर्ने प्रवृत्ति भएको बताउनुभयो । 

तीन दिनदेखि गृह जिल्लामा रहनुभएका प्रदेश प्रमुख जोशीले राजनीतिक दबाबभन्दा पनि नागरिकलाई दिने कार्यालयका सेवा सहजरुपमा प्रवाह गर्नुपर्नेमा जोड दिनुभएको हो । 

उहाँले कर्मचारीको सरकारका नीति तथा कार्यक्रम कार्यान्वयमा महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । प्रदेश र सङ्घ सरकारले बनाएका नीति तथा ऐन सहजरुपमा नागरिकसम्म पुर्याउन कर्मचारीले इमान्दारिता देखाउनुपर्नेमा प्रदेश प्रमुख जोशी जोड थियो । 

कर्मचारी संयन्त्र स्थायी भएकाले सङ्घ, प्रदेश र स्थानीय सरकारले बनेका नीति नियम, नियमावली र ऐन, कानूनबमोजिम सञ्चालित हुने भएकाले कार्यान्वयमा गर्नुपर्ने प्रमुख जोशीले आग्रह गर्नुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!