आगोमा जलेर पाँच महिने शिशुको मृत्यु

Posted on: 06 Nov, 2022

कात्तिक २०, बाजुरा | बाजुराको बुढिन्नदा नगरपालिका–९ अगाउँपानीमा पाँच महिनाको शिशुको आगोले जलेर मृत्यु भएको छ । 

आइतबार बिहान ८ः३० बजे ज्ञानेन्द्र धामीको घरको चुलोबाट सल्किएको आगोमा परि शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

चुलोको नजिकै सुताइ राखेको शिशुको जलेर मृत्यु भएको हो । यस घटनाबारे विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीले बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!