बाराको करैयामाइमा जसपा विजयी

Posted on: 17 May, 2022

जेठ ३, बारा | बाराको करैयामाइ गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी नेपालका शम्भुप्रसाद यादव विजयी भएका छन् ।

यादव ५ हजार ५९८ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी भुवनेश्वर धामीले ३  हजार ४ सय र तेस्रो स्थानमा रहेका एमालेका कृष्णप्रसाद चौधरीले २ हजार १८८ मत पाए ।

उपाध्यक्षमा पनि जनता समाजवादी पार्टीका सुनैनाकुमारी चौधरी निर्वाचित भएकी छन् । उनले ५ हजार ४३९ मत पाइन् भने निकटतम प्रतिस्पर्धी चित्ररेखाकुमारी चौधरीले ३ हजार १७२ मत पाएकी छन् 

यस बिषयमा तपाइको प्रतिक्रिया...!