निजगढ विमानस्थलको निर्माण कार्य अघि बढाउन संसदीय समितिको निर्देशन

Posted on: 30 May, 2022

जेठ १६, काठमाडौं | सर्वोच्च अदालतको परमादेश विपरित संसदीय समिति अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निजगढ विमानस्थलको निर्माण कार्य अघि बढाउन सरकारलाई निर्देशन दिएको छ । सोमबार बसेको समितिको बैठकले कानूनी अड्चन हटाएर विमानस्थलको निर्माण कार्य अघि बढाउन सरकारलाई निर्देशन दिएको हो ।

निजगढ विमानस्थल निर्माण अघि बढाउन संसदीय समितिको निर्देशन | Kathmandu Pati  Kathmandu Pati

गत बिहीबार सर्वोच्च अदालतको बृहत इजलासले विमानस्थल निर्माणको प्रक्रिया रोक्न परमादेश जारी गरेको थियो । न्यायाधीश हरिकृष्ण कार्की, ईश्वर खतिवडा, विश्वम्भर श्रेष्ठ, प्रकाश मानसिंह राउत र मनोजकुमार शर्माको पूर्ण इजलासले निजगढ विमानस्थलको निर्माण कार्य तत्काल रोक्न र अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता भए अर्को विकल्प खोज्न समेत भन्दै परमादेश जारी गरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!