१५ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

Posted on: 29 Oct, 2022

कात्तिक १२, वीरगञ्ज | बालिका बलात्कारको आरोपमा प्रहरीले बारामा एक युवकलाई पक्राउ गरेको छ । बाराको परवानीपुर गाउँपालिका–२ मुसहर टोलका २३ वर्षीय आकाश कुमार मण्डललाई पक्राउ गरेको हो।

पक्राउ परेका आकाश वीरगञ्ज–१४ बहुअरी स्थित स्पर्श मल्टी स्पेसालिटी अस्पतालमा स्वीपरको काम गर्दै आएका थिए । 

१५ वर्षीया बालिकालाई असोज २३ गते राति बलात्कार गरेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षकले जानकारी दिए । घटनाका बारेमा थप अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरी जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!