प्रश्ना भइन् प्रथम ! (भिडियो)

Posted on: 04 Sep, 2018

सास । भदौ १९, बर्दिया ।

नेपाल रेडक्रस दिवसको सन्दर्भ पारेर आयोजना गरिएको उपशाखा स्तरीय जुनियर सर्कल कविता वाचन प्रतियोगितामा बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयले प्रथम स्थान प्राप्त गरेको छ ।


उपशाखा गुलरियाको आयोजना तथा बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयको आतिथ्यतामा आयोजना गरिएको उपशाखा स्तरीय जुनियर सर्कलका विद्यार्थीहरुबीच रेडक्रस सम्बन्धि विषयमा आयोजित खुला कविता प्रतियोगितामा आतिथ्य विद्यालय बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत विद्यार्थी प्रश्ना सुवेदीले प्रथम स्थान हासिल गरेकी हुन् । 


यसैगरी लिटिल हेवेन इङ्गलिस एकेडेमीकी विभुती पोख्रेल द्वित्तीय, नेपाल राष्ट्रिय आधारभूत विद्यालय शंकरवस्तीको सर्कलबाट सहभागी अजय सुनारले तृतीय स्थान प्राप्त गरेका छन् भने सान्त्वना स्थान नेपाल राष्ट्रिय शम्भुशरण मा.वि. खैरापुरकी सुस्मिता घिमिरेले प्राप्त गरेकी छिन् । 

प्रतियोगितामा बर्दिया जिल्ला शाखा सभापति कृष्ण गौतम, गुलरिया उपशाखाका सभापति विष्णु भट्टराईको उपस्थिति रहेको थियो । आतिथ्य विद्यालयका प्रधानाध्यापक तथा जुनियर संयोजक भेजेन्द्र बहादुर थापाको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको सहजीकरण विद्यालयका शिक्षक तथा जुनियर सर्कल नायक कृष्ण तिमिल्सिनाले गर्नुभएको थियो । 

प्रतियोगितामा प्रथम भएको कविताको भिडियो :



यस बिषयमा तपाइको प्रतिक्रिया...!