गुलरिया नगरपालिका–१ मा कांग्रेसकाे प्यानलनै विजयी

Posted on: 14 May, 2022

वैशाख ३१, बर्दिया | बर्दियाको गुलरिया नगरपालिका–१ को वडा अध्यक्षमा जोगिराम थारुको प्यानल विजयी भएको छ । गुलरिया नगरपालिका–१ मा नेपाली कांग्रेसको पुरै प्यानल विजयी भएको हो ।

यस्तै गुलरिया नगरपालिका-१ का अध्यक्ष थारूले  एक हजार तीन सय ३९ मत प्राप्त गरी विजयी भएका छन् । महिला सदस्यले एक हजार तीन सय ७३, दलित महिला सदस्यले तीन हजार एक सय २६, खुल्ला सदस्य(१)ले एक हजार दुई सय ८६ र खुल्ला सदस्य(२)ले एक हजार दुई सय ६४ मत प्राप्त गरी पुरै प्यानल आएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!