बर्दियामा छिमेकीले थापेको पासोमा परि एकै घरका ३ जनाको मृत्यु

Posted on: 18 Sep, 2021

असोज ३, काठमाडौं । बर्दियामा जंगली जनावरलाई थापेको पासोमा परि एकै परिवारका तीन जनाको मृत्यु भएको छ । छिमेकीले बँदेललाई मार्न थापेको विद्युतीय पासोमा परेर ठाकुरबाबा नगरपालिका-३ गोदानाका ३५ वर्षीय बालकृष्ण थारु, उनकी ३० वर्षीय श्रीमती सुनिता थारु र ४५ वर्षीय भाउजु बेलमती थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले जानकारी दिएका छन् ।

एसपी कार्कीका अनुसार शुक्रबार राति खेतमा पानी हेर्न गएका बेला उनीहरू छिमेकीले बँदेलका लागि धान खेतमा थापेको विद्युतीय पासोमा परेका हुन् ।

खेतमा विद्युतीय पासो थाप्ने छिमेकी ८३ वर्षका राजबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई इलाका प्रहरी कार्यालय भुरिगाउँमा राखिएको एसपी कार्कीले बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!