एसईई तयारीबारे परामर्श

Posted on: 05 Apr, 2022

 चैत्र २२, भक्तपुर | एभरेष्ट इंलिस स्कुल मिवाछें व्यासी भक्तपुरबाट एसईई दिने प्रतीक्षामा रहेका विद्यार्थीलाई मंगलबार परामर्श दिइएको छ ।

शिक्षाविद् नारायणप्रसाद झाले विद्यार्थीलाई एसईई परीक्षामा गर्नुपर्ने तयारीबारे परामर्श दिएका हुन् । 

आगन्तुक विशेषज्ञका रूपमा बोलाइएका झाले एसईईको महत्त्व, त्यसको मूल्यमान्यताबारे विद्यार्थीलाई जानकारी गराएका थिए । 

ओरेन्टेशन प्रोग्राम अन एसईई प्रिपरेशन विषयमा भएको परामर्शमा विशेषज्ञ झाले एसईईको तयारीका क्रममा आउने समस्या र समाधानका विषयमा पनि विद्यार्थीलाई जानकारी गराएका थिए । उनले एसईईको तयारीमा रहेका विद्यार्थीका जिज्ञासाको सम्बोधन गरेका थिए । 

कार्यक्रममा स्कुलबाट एसईई दिने तयारीमा रहेका कक्षा १० का एक सय १६ जना विद्यार्थी सहभागी थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!