भक्तपुरमा छतबाट खसेर एकजनाको मृत्यु

Posted on: 03 May, 2022

वैशाख २०, भक्तपुर  | भक्तपुर नगरपालिका- ८ लिवालीमा वस्ने वर्ष ४४ को लक्ष्मीसुन्दर कुसाथाको आफ्नै घरको पाँचाैँ तल्लाबाट खसेर मृत्यु भएको छ ।

गम्भीर घाइते भई उपचारको लागि मध्यपुर अस्पताल थिमि लगेकोमा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!