ओलीद्वारा एमाले महाधिवेशन उद्घाटन

Posted on: 26 Nov, 2021

मंसिर १०, काठमाडौं | नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशन अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन्। तीन दिनसम्म चितवनमा चल्ने महाधिवेशनको अध्यक्ष ओलीले पार्टीको झण्डा, चुनाव चिह्न र राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर शुक्रबार उद्घाटन गरेका हुन्।

महाधिवेशनमा एमालेले पाँच लाख नेता तथा कार्यकर्ता सहभागी गराउने बताउँदै आएको छ।महाधिवेशनमा प्रधानमन्त्री एवंं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

महाधिवेशनमा एमालेको निम्तो स्वीकार गरेर भारत, बङ्गलादेश, श्रीलङ्का, कम्बोडियालगायतका देशबाट राजनीतिक दलका प्रतिनिधि आएका छन्।

चिनियाँ कम्युनिष्ट पार्टीको भिडियो सन्देश प्राप्त भएको छ भने विभिन्न देशका राजनीतिक दलका शुभकामना सन्देश प्राप्त भएकाे छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!