भरतपुर मत परिणाम : रेणु विजयभन्दा ९,९४३ मतले अगाडि

Posted on: 23 May, 2022

जेठ ९, चितवन । चितवनको भरतपुर महानगरपालिकामा मतगणना जारी छ | हालसम्म १ लाख ८ हजार ७६१ मतगणना गरिएको छ ।

पछिल्लो गणनाअनुसार मेयर पदमा सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी उमेदवार रेणु दाहालले ४३ हजार ६ सय ७४ मतसहित अग्रता फराकिलो बन्दै गएकी छन् । नेकपा एमालेका उमेदवार विजय सुवेदीले ३३ हजार ७ सय ३१ मत ल्याएका छन् । रेणु र विजयबीचको मतान्तर ९ हजार ९ सय ४३ मतको रहेको छ । त्यस्तै स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले १३ हजार ३ सय ५३ मत ल्याएका छन् । 

यस्तै उपप्रमुखमा गठबन्धनतर्फकै नेपाली कांग्रेसका उमेदवार चित्रसेन अधिकारीले ४४ हजार ९ सय ६१ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी  राप्रपाकी उमेदवार हिमला गुरुङले २६ हजार ७१८  मत ल्याएकी छन् ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!