चितवन २ मा कस्तो छ रवि लामिछानेको अवस्था, कति मतले छन् अगाडि ?

Posted on: 22 Nov, 2022

मङ्सिर ६, चितवन | चितवन क्षेत्र नम्बर २ लाई पछिल्लो समय निकै चासोका साथ हेरिएको छ । 

त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अग्रता कायम गर्न थालेका छन् । सुरुवाती मतगणनामा उनी तेस्रो नम्बरमा थिए ।


पछिल्लो समय उनले एक हजार मतको अग्रता कायम गरेका छन् ।

पछिल्लो मत परिणामअनुसार उनले ५१२८ मत ल्याएका छन् । नेकपा एमालेका कृष्णभक्त पोखरेल ४१६६ मतसहित दोस्रोमा छन् ।

नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३७०६ मत ल्याएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!