वैधानिक नागरिकता कायम गराउन रवि लामिछाने जिल्ला प्रशासनमा

Posted on: 29 Jan, 2023

माघ १५, काठमाडौँ | रवि लामिछाने नागरिकताको वैधानिक प्रमाणपत्र लिनका लागि काठमाडाैँ जिल्ला प्रशासनमा पुगेका छन् । शुक्रबार सर्वोच्च अदालतले उनको नागरिकता सम्बन्धी विवादमा फैसला गर्दै नागरिकता अवैध रहेको ठहर गरेसँगै रविका सबै पदहरु खारेज भएका थिए ।


अदालतको सो निर्णयपछि उनले आज जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा गएर नेपाली नागरिकताको वैधानिक प्रमाणपत्र कायम गर्न उनी केही बेर अघि बबरमहलस्थित जिप्रकामा पुगेका छन् । नयाँ नागरिकता लिने नभई प्रक्रिया पुर्याएर उनको पुरानै नागरिकता कायम गरिने जनाइएकोक छ ।

उनले यसअघि गृह मन्त्रालयमा समेत परामर्श गरेर नियमित प्रक्रियाबाटै पुरानै नंम्बरको नागरिकता सक्रिय बनाउन सकिने सल्लाह पाएपछि जिल्ला प्रशासनमा पुगेको स्रोतको दाबी छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!