भरतपुर विमानस्थलको टावर नजिकै आगलागी

Posted on: 26 Jun, 2022

असार १२, चितवन | भरतपुर विमानस्थलको टावर नजिकै आज बिहान आगलागी भएको छ । 

आगलागीबाट टावरमा कुनै नोक्सानी नभएका कारण विमान उडान र अवतरणमा कुनै बाधा नहुने जिल्ला प्रहरी कार्यालय प्रवक्ता अधिकारी नरहरि अधिकारीले जानकारी दिए । 

उनका अनुसार बिहान ३ बजेर ४० मिनेटमा टावरनजिक बिजुलीको तार सर्ट भएर एक्कासी आगो लागेको थियो ।

बिजुलीको तार, इन्टरनेटको तार र टेलिफोनको तारमा क्षति पुगे पनि विमानस्थलको टावरमा कुनै क्षति नभएको र सेवा सञ्चालन हुने उनको भनाइ छ ।

आगलागी भए पनि टावर तथा अन्य मानवीय क्षति हुन पाएन ।  दमकलसहितको प्रहरीको टोलीले १० मिनेट भित्रै आगो नियन्त्रणमा लिएको अधिकारीले बताउनु भयो । 

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!