भरतपुरमा ट्याङ्करको ठक्करबाट एक जनाको मृत्यु

Posted on: 15 Aug, 2022

साउन ३०, चितवन | चितवनको भरतपुर महानगरपालिका–२९ जुगेडीमा ट्याङ्करको ठक्करबाट मोटरसाईकलमा सवार एक युवकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार चितवनको कालिका नगरपालिका–२ पदमपुर बस्ने २२ वर्षिय सागर पौडेल रहेका छन् । 

दुर्घटनामा गम्भिर घाइते पौडेलको उपचारको क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो । 

नारयणगढबाट मुग्लिन तर्फ जाँदै गरेको लु १३ प ४८०४ नम्बरको मोटरसाईकललाई सोही दिशातर्फ जाँदै गरेको ना ४ख ३९६९नम्बरको ट्याङ्करले आज दिउँसो १ बजे ठक्कर दिएको थियो । 

दुबै सवारी साधन सहित ट्याङ्कर चालकलाई इलाका कार्यालय मुग्लिनले नियन्त्रणमा लिएको छ । मोटरसाइकल चालक भने शकुसल रहेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!