डडेल्धुरामा नेकपा गाउँपालिका अध्यक्षमाथि कुटपिट

Posted on: 31 Jan, 2020

माघ १७, डडेल्धुरा | डडेल्धुरामा अज्ञात समूहले नेपाल कम्युनिष्ट पार्टी नेकपाका आलिताल गाउँपालिका कमिटी अध्यक्ष ज्ञानेन्द्र जोशी माथि कुटपिट भएको छ | अज्ञात समूहले अपहरण गरी शुक्रबार १२ बजेपछि  कुटपिट गरेको प्रहरीको भनाइ छ |

जोशीसँगै मोटरसाइकमा सवार नेकपा आलिताल गाउँपालिका कमिटी सदस्य चित्रा बोहरा भागेर बाँचेकी छन् |  चौर वण्डले भन्ने स्थानमा मुकुण्डो धारी समूहले जोशीमाथि अपहरण र कुटपिट गरी गम्भीर घाइते बनाएको आलिताल प्रहरी चौकीले जनाएको छ |

अज्ञात समूहको कुटपिटबाट जोशीको खुट्टा भाँचिएको छ भने टाउको र हातमा गम्भीर चोट लागेको छ | उनलाई उपचारका लागी एम्बुलेन्समार्फत धनगढी ल्याइएको छ | घटनापछि प्रहरीले मुकुण्डो धारी समूहको खोजीकार्य तीव्र पारेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!