डडेल्धुरामा सागर ढकाल दोश्रो स्थानमा उक्लिए

Posted on: 21 Nov, 2022

मङ्सिर ५, काठमाडौँ । डडेलधुरामा २९५६ मतगणना हुँदा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका डडेल्धुराका प्रतिनिधिसभा उम्मेदवार शेरबहादुर देउवाले १४०४ मत प्राप्त गरेका छन् ।

उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले ७३० मत पाएर दोश्रो स्थानमा उक्लिएका छन् । यस अघि ढकाल तेश्रो स्थानमा थिए । 

त्यस्तै नेपाली कांग्रेस बिपीका उम्मेदवार कर्णबहादुर मल्लले ५२७ मत पाएर तेश्रो स्थानमा झरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!