दैलेखमा गाउँपालिका अध्यक्ष र उनकी श्रीमतीको अपहरण

Posted on: 22 Dec, 2019

पुस ६, दैलेख | दैलेखमा गाउँपालिका अध्यक्ष र उनकी  श्रीमतीलाई अपहरण गरिएको छ | जिल्लाको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही र उनकी श्रीमती इला अपहरणमा परेका हुन् | प्रहरीका अनुसार गाउँपालिकाको वडानम्बर २ श्रीपाटामा रहेको घरै बाट अपहरणमा परेका छन् |

अपहरणमा विप्लव समूहको संलग्नता रहेको आशंका गरिएको छ | तर ‘कसले अपहरण गर्‍यो, कता लग्यो भन्ने खुलेको छैन | यस अघि पनि गाउँपालिका अध्यक्षका भाइ हस्तबहादुर शाहीलाई पनि नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताहरुले अपहरण गरेर केही दिनपछि छाडेका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!