समाज | दार्चुला - DCL


दार्चुलामा पाइपभित्र अड्किएर दुई जनाको मृत्यु

Posted on June 22, 2021 | views : 1977 | दार्चुला - DCL

असार ८, दार्चुला (रासस) । महाकाली नगरपालिका ४ बङ्गाबगडको लास्कुखोलामा ह्युम पाइपभित्र अड्किएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्याँस गाउँपालिका ४ घर भई हाल खलङ्गा बस्दै आउनुभएका १७ वर्षीय प्रकाश खत्री र दुहुँ गाउँपालिका ४ ब्रह्मदेव घर भई खलङ्गा आर्मी गेट नजिक बस्दै आएका १२ वर्षीय रमित क

Read More

महाकाली नदीको सतह बढ्यो, सतर्कता अपनाउन आग्रह

Posted on June 18, 2021 | views : 1409 | दार्चुला - DCL

नरेन्द्रसिह कार्की । असार ४, दार्चुला (रासस) । लगातारको वर्षाका कारण महाकाली नदीको सतह बढ्दै गएको छ । महाकालीमा पानीको सतह बढेसँगै जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले सजकता अपनाउन सबैमा आग्रह गरेको छ । आज बिहान महाकाली नदीको बहाव पाँच मिटर ८० सेन्टिमिटर पुगेको छ । प्रहरी चौकी दत्तुका अनुसार

Read More

सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित

Posted on June 13, 2021 | views : 2571 | दार्चुला - DCL

जेठ ३०, सुदूरपश्चिम (रासस) । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकले नीति तथा कार्यक्रम पारित गरेको छ । आर्थिक वर्ष २०७८÷७९को नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । सभामुख अर्जुनबहादुर थापाले नीति तथा कार्यक्रमको पक्षमा बहुमत रहेको जानकारी दिँदै नीति तथा कार्यक्रम पारित भएको घोषणा गर्नुभयो ।  य

Read More

पछिल्लो दिनमा ग्रामीण भेगका यी १० जिल्लामा बढ्यो कोरोना ह्वात्तै

Posted on June 10, 2021 | views : 2776 | दार्चुला - DCL

जेठ २७, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण गाउँगाउँमा तीव्र रूपमा फैलिएको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले सहरमा केही कम भए पनि गाउँमा कोरोना सङ्क्रमण तीव्र भएको जानकारी दिँदै अब गाउँबाट सहरमा फैलने त्रास सिर्जना भएक

Read More

हिमाली क्षेत्रको जनताका लागि काल बन्दै यार्सागुम्बा

Posted on June 03, 2021 | views : 1504 | दार्चुला - DCL

नरेन्द्रसिंह कार्की । जेठ २०, दार्चुला (रासस)। दार्चुलाका हिमाली क्षेत्रका जनताका लागि यार्सागुम्बा आर्थिक स्रोतको मुख्य आधार हो । खेतबारीमा लगाएको अन्नले तीन महिना नपुग्ने ठाउँमा यार्सागुम्बाको स्रोतबाट वर्षभरिको खाद्यान्न जोहो हुन्छ । यो क्रम एक दशकभन्दा बढी समयदेखि चलिरहेको छ । आर्थिकरूपमा यार्सा

Read More

महाकाली नदीले निर्माण सामग्री बगाउँदा २० लाखको क्षति

Posted on May 22, 2021 | views : 1185 | दार्चुला - DCL

जेठ ८, दार्चुला | महाकाली नदीमा आएको बाढीले दार्चुलाको श्रीवगडमा निर्माणाधीन तटबन्धको निर्माण सामग्री बगाएको छ । महाकाली नदी नियन्त्रण आयोजनाको निर्माण चलिरहेको श्रीवगडमा नदीले सामग्री बगाएको हो ।  महाकालीमा आएको वहाबका कारण राजेन्द्र निर्माण सेवाले निर्माण गरिरहेको तटबन्ध निर्माण क्षेत्रको मिक

Read More

धौलीगङ्गा बाँधको ढोका जुनसुकै बेला खोलिने, सतर्कता अपाउन आग्रह

Posted on May 20, 2021 | views : 1642 | दार्चुला - DCL

जेठ ६, दार्चुला (रासस)  । दिनानुदिन भइरहेको वर्षाका कारण धौलीगङ्गा नदीमा पानीको बहाव बढेको छ । पानीको बहाव बढ्दै गएको कारण धौलीगङ्गा जलविद्युत परियोजनाको ड्याम भरिने खतरा बढेको  छ । नदीमा पानीको बहाव बढेपछि  परियोजनाको बाँधको ढोका जुनसुकै बेला खोलिने भएको छ । भारतीय विद्युत निर्माता ए

Read More

अरब सागरमा सामुद्रिक आँधी: नेपालभर दुई दिन सतर्कता अपनाउन आग्रह

Posted on May 19, 2021 | views : 28315 | दार्चुला - DCL

जेठ ५, काठमाडौं । अरब सागरमा भएको ताउ ते चक्रवात (सामुद्रिक आँधी)को कारण नेपालका सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने मौसमविदले जानकारी दिएका छन् । मौसमविदहरुका अनुसार उक्त आँधीका कारण देशका केही स्थानहरुमा अति भारी वर्षा भई नदीहरुको बहाव बढ्ने हुँदा बाढीको समेत खतराको सं

Read More

अब यी ४५ जिल्लामा निषेधाज्ञा (जिल्लाको सूचीसहित)

Posted on May 03, 2021 | views : 27093 | दार्चुला - DCL

वैशाख २०, काठमाडौँ | कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि ४५ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । गृह मन्त्रालयको विवरण अनुसार पूर्ण र आंशिक गरी ४५ जिल्लामा निषेधाज्ञा लागू गरिएको हो ।  मन्त्रालयका अनुसार आज महोत्तरी, डोल्पा, डोटी र नवलपरासी पूर्वमा निषेधाज्ञा जारी गर्ने निर्णय जिल

Read More

भारत प्रवेशमा गर्दा नेपाली पिसीआर अनिवार्य

Posted on April 25, 2021 | views : 1468 | दार्चुला - DCL

नरेन्द्रसिंह कार्की | वैशाख १२, दार्चुला | भारतीय सुरक्षा बल एसएसबीले धार्चुला प्रवेश गर्ने नेपालीलाई पिसिआर रिपोर्ट अनिवार्य गरेको छ । पछिल्लो समय भारतको धार्चुलाबाट नेपाली आउन दिए पनि धार्चुला जाने नेपालीलाई कडाइ गरेको छ । आजदेखि धार्चुला प्रवेशमा नेपालीलाई पिसिआर रिपोर्ट अनिवार्य गरिएको खलङ्गा पु

Read More

जडान गरिएको ५ महिना सम्म सञ्चालनमा आएन दार्चुलामा आइसीयू

Posted on April 15, 2021 | views : 1381 | दार्चुला - DCL

वैशाख २, दार्चुला । जिल्ला अस्पतालमा जडान गरिएको भेन्टिलेटर शय्यासहितको आइसीयू अझै सञ्चालनमा आउन सकेको छैन । जडान गरिएको पाँच महिना हुँदासमेत अस्पतालमा दक्ष जनशक्ति व्यवस्थापन गर्न नसक्दा आइसीयू प्रयोगमा नआएको हो ।  प्रदेश सरकारबाट प्राप्त दुईवटा भेन्टिलेर शय्यासहित आइसीयूकक्ष स्थापना गरिएको थि

Read More

सेती नदीमा डुबेर दार्चुलाका एक युवकको मृत्यु

Posted on April 03, 2021 | views : 1858 | दार्चुला - DCL

चैत २१, डोटी (रासस) । डोटीको सेती नदीमा पौडी खेल्ने क्रममा आज दिउँसो एक युवकको मृत्यु भएको छ । सेती प्राविधिक शिक्षालय दिपायलमा सिभिल इञ्जिनीयर पढ्दै गरेका दार्चुलाको मालिकार्जुन घर भएका १७ वर्षीय दिपेन्द्रसिंह धाँमीको डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिनुभयो ।&nbs

Read More

पर्खाल भत्किँदा दुईको मृत्यु

Posted on February 13, 2021 | views : 1615 | दार्चुला - DCL

फागुन १, दार्चुला | दार्चुलामा निर्माणाधीन विद्युत्को नहरको पर्खाल भत्किँदा दुई जनाको मृत्यु भएको छ । अपिहिमाल गाउँपालिका वडा नं ६ मज्जेमा निर्माणाधीन मज्जे खोला लघु जलविद्युत् योजनाको पर्खाल निर्माण गर्ने क्रममा आज दुई जना मजदूरको मृत्यु भएको हो ।  एक सय किलोवाट क्षमताको मज्जेखोला निर्माणाधीन

Read More

दार्चुलामा महाकाली नदी थुनियो,सतर्क रहन आग्रह

Posted on February 02, 2021 | views : 2132 | दार्चुला - DCL

माघ २०, दार्चुला । दार्चुलामा महाकाली नदी थुनिएको छ । जिल्लाको माल्पा भन्ने ठाउँमा ठूलो पहिरोको कारण  नदी थुनिएको हो । मंगलबार जिल्ला प्रशासन कार्यालय कन्चनपुरले सूचना जारीगर्दै सतर्कता अपनाउन आग्रह गरको छ । 'दार्चुलाको माल्पा भन्ने ठाउँमा ठूलो पहिरोको कारण महाकाली नदी थुनिन गएकोले कुनै पन

Read More

सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का

Posted on February 01, 2021 | views : 2160 | दार्चुला - DCL

माघ १९, बैतडी (रासस) । सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस गरिएको छ । आज विहान २ बजेर ३४ मिनेटमा बझाङको गडराय आसपास केन्द्र भएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दाहालले जानकारी दिनुभयो । उक्त भूकम्प ३ दशमलव ७ रेक्टर स्केलको रहेको जनाइएको छ ।  यसैगरी आ

Read More

ओलीको टाउको दुखाइ बनेको सुदूरपश्चिम

Posted on January 07, 2021 | views : 2127 | दार्चुला - DCL

पुस २३, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा शेरबहादुर देउवा र रेशम चोधरीबाहेक सबै १४ सिटमा नेकपा गठबन्धनले जित्दा पनि झण्डै तीन वर्षअघि गठित प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलमा मुस्किलले एक जना मात्रै मन्त्री पायो । त्यो पनि पुष्पकमल दाहालको कोटामा उनकै बुहारी बिना मगर मन्त्री भइन् । तत्काल

Read More

भारतले महाकाली मिचेर बाँध बाँध्दै

Posted on January 03, 2021 | views : 1804 | दार्चुला - DCL

पुस १९, काठमाडौं । दार्चुला । महाकालीको बाढीले २०७० मा दार्चुला सदरमुकामका १ सय ५६ घर बगाएको थियो। बाढीले निरन्तर पु¥याउने क्षति घटाउन नेपालले तटबन्ध बनाउन थाल्दा उतिबेला भारतीय पक्षले माइकिङ गरेर रोकेको थियो। नेपालले खोलाको किनारभन्दा सरदर सय मिटर वरै तटबन्ध बनाइरहेको थियो। भारतको आपत्ति थियो– ‘सीम

Read More

दार्चुलाको व्यासमा हिमपात (फोटो फिचर)

Posted on November 17, 2020 | views : 2275 | दार्चुला - DCL

मंसिर २, दार्चुला | चिसो बढेसँगै दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र व्यासमा हिमपात सुरु भएको छ । हिमपातका कारण जनजीवन कष्टकर भएको स्थानीयले बताएका छन् ।  हिमपातकै कारण छांगरु र तिंकर गाउँका स्थानीय सदरमुकाम खलङ्गा बसाइँ सर्ने तयारीमा रहेका छन् |

Read More

कोरोना सङ्क्रमणबाट दार्चुलामा एकको मृत्यु

Posted on November 16, 2020 | views : 1292 | दार्चुला - DCL

मङ्सिर १, दार्चुला । श्वास फेर्न गाह्रो भएर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएका दुहु गाउँपालिका–२ का ३० वर्षीय युवामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनलाई दुई दिन अघिदेखि श्वास फेर्न गाह्रो भएको थियो । नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रमा कार्यरत कर्मचारीको जिल्ला अस्पताल दार्चुलाम

Read More

समुदायस्तरमा कोरोना फैलिएपछि सेना परिचालन

Posted on October 21, 2020 | views : 1684 | दार्चुला - DCL

कात्तिक ५, दार्चुला | सदरमुकाम खङ्लगाको समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि बजार बन्द गराउन नेपाली सेना परिचालन गरिएको छ । बजारमा पसल बन्द नहुने अवस्था आएपछि नेपाल प्रहरीसँगै सेना परिचालन गरिएको हो । महाकाली नगरपालिकाको वडा नं ४ र ५ को बजार सिल गरिएको भए पनि व्यापारीले कानूनको उल्लङ्घन गरेको भन्दै

Read More

दार्चुलामा समुदायस्तरमा कोरोना फैलिएपछि बजार बन्द गराउन सेना परिचालन

Posted on October 21, 2020 | views : 2050 | दार्चुला - DCL

कात्तिक  ५, दार्चुला (रासस) । सदरमुकाम खङ्लगाको समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि बजार बन्द गराउन नेपाली सेना परिचालन गरिएको छ । बजारमा पसल बन्द नहुने अवस्था आएपछि नेपाल प्रहरीसँगै सेना परिचालन गरिएको हो । महाकाली नगरपालिकाको वडा नं ४ र ५ को बजार सिल गरिएको भए पनि व्यापारीले कानूनको उल्लङ्घ

Read More

माथिल्लो चमेलियामा पाँच अर्ब १८ करोड लगानी

Posted on September 27, 2020 | views : 2045 | दार्चुला - DCL

असोज ११, काठमाडौँ (रासस) । दार्चुला जिल्लामा आयोजना स्थल रहेको माथिल्लो चमेलिया जलविद्युत् आयोजनामा विभिन्न बैंक तथा वित्तीय संस्थाले रु पाँच अर्ब १८ करोड लगानी गर्ने भएका छन् । बहुपक्षीय लगानीसम्बन्धी सम्झौतामा आज आयोजनाको प्रवद्र्धक अपि पावर कम्पनी र बैंकका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । कूल ४०

Read More

दार्चुलामा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन शुरु

Posted on September 25, 2020 | views : 1542 | दार्चुला - DCL

असोज ९, दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रमअन्तर्गत विवरण सङ्कलनका काम शुरु गरेको छ । जिल्ला समन्वय समिति प्रमुख करवीर कार्की, महाकाली नगरप्रमुख हंशराज भट्ट र मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामीको फोटो खिचेर आवश्यक विवरण सङ्कलन गरी काम शुरु गरिए

Read More

सुदूरपश्चिममा २०९ स्वास्थ्य र सुरक्षाकर्मी सङ्क्रमित

Posted on September 10, 2020 | views : 2648 | दार्चुला - DCL

सुदूरपश्चिम प्रदेशमा हालसम्म ५८ जना स्वास्थ्यकर्मी र १२४ जना सुरक्षाकर्मी गरी २०९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको  छ ।सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बुधबारसम्म यहाँ सुरक्षाकर्मीमा पनि नेपाली सेनामा बढी सङक्रमित रहेका छन् । कैलालीको गोरुङ्गेस्थित सेनाको सुदूरपश्चिम ताल

Read More

भारतले धौलीगंगा बाँध खोल्दै, महाकाली नदी छेउछाउ नजान आग्रह

Posted on September 05, 2020 | views : 2755 | दार्चुला - DCL

भदौ २०, बैतडी (रासस) । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध  खोलिने भएको छ । एनएचपिसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुलाबाट प्राप्त पत्रानुसार बाँध आज राति १२ बजेदेखि भोलि साँझ ६ः४५ बजेसम्म खोलिने भएको हो । बाँध खोलेपश्चात् महाकाली नदीमा जलस्

Read More

घाँटीबगर क्षेत्रमा काम गर्ने मजदुरको ढुङ्गा लागेर मृत्यु

Posted on September 04, 2020 | views : 1916 | दार्चुला - DCL

भदौ १९, दार्चुला (रासस) : महाकाली लोकमार्गअन्तरर्गत तिंकर सडकको घाँटीबगर क्षेत्रमा घोेरेटो बाटो निर्माणमा संग्लन एक मजदूरको ढुङ्गा लागेर मृत्यु भएको छ । नेपाली सेनाले गत जेठ ९ गतेदेखि निर्माण गरिरहेको घाँटीबगर क्षेत्रमा काम गर्दै आउनुभएका व्यास गाउँपालिका–५ धौलाकोटका ३७ वर्षीय दिवानसिह धामीको मृत्य

Read More

दार्चुलामा मृतकका नाममा सामाजिक सुरक्षा भत्ता झ्वामः वडा कार्यालयमा तालाबन्दी

Posted on September 01, 2020 | views : 1713 | दार्चुला - DCL

भदौ १६, दार्चुला (रासस) लेकम गाउँपालिका–५ मा मृत्यु भइसकेको व्यक्तिका नाममा सामाजिक सुरक्षा भत्ता निकासा भइरहेको खुलेपछि आवश्यक कारवाहीको माग गर्दै स्थानीयवासीले वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।  लेकम गाउँपालिका–५ का हरिदत्त जोशीको मृत्यु भइसकेकोे र उनको लगत कट्टा नगरी सामाजिक सुरक्षाभत्ता

Read More

घाँटीबगरको पहाड फोड्दै नेपाली सेना : भदौभित्रै बाटो निर्माण सकिने

Posted on August 31, 2020 | views : 1924 | दार्चुला - DCL

नरेन्द्रसिह कार्की, भदौ १५, दार्चुला (रासस) । नेपाली सेनाले घाँटीबगर इलाकामा कडा चट्टान रहेको भीरमा ४६० मिटर गोरेटो बाटो निर्माण गरेको छ । यही भदौ मसान्तभित्रै ५५० मिटर उक्त गोरेटो बाटोको ट्ययाक खोलिसक्ने सेनाको तयारी छ । भारतले सडक निर्माणका क्रममा अवरुद्ध रहेको घाँटीबगर क्षेत्रमा बाटो अवरुद्धहुँदा

Read More