ज्वालामूखी गाउँपालिकाको मतगणना (अपडेट)

Posted on: 14 May, 2022

वैशाख ३१, धादिङ । ढिला गरि मतगणना सुरु भएको ज्वालामुखी गाउँपालिकाको मतपरिणाम प्राप्त भएको छ । पालिकाको वडा नम्बर १ को मतगणना हुँदै गर्दा पालिका अध्यक्षमा एमालेले अग्रता लिएको छ । 

प्राप्त मत परिणाम अनुसार गाउँपालिका अध्यक्षमा नेकपा एमालेका उम्मेदवार हरि राम लोहनीले ८१ मत पाएर अग्रता लिएका छन् । उनलाई नेपाली कांग्रेसका उम्मेदवार यामनाथ दनैले ७७ मत पाएर पछ्याईरहेका छन् । 

त्यस्तै गाउँपालिका उपाध्यक्ष पदमा एमालेकि उम्मेदवार चन्द्र कुमारी अधिकारीले ६८ मत प्राप्त गर्दा एकीकृत समाजवादीका उम्मेदवार धर्म बहादुर अर्यालले ५६ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा माओवादी केन्द्रकि उम्मेदवार लक्ष्मी थापा मगरले ३६ मत प्राप्त गरेकी छन् ।

ज्वालामुखी गाउँपालिकाको वडा नम्बर १ स्थित वडा अध्यक्ष पदमा एमालेका कृष्‍ण गिरीले ७१ मत पाउँदा कांग्रेसका उम्मेदवार ईश्‍वर आलेमगरले ६२ मत पाएका छन् । त्यस्तै एकीकृत समाजवादीका वडा अध्यक्ष उम्मेदवार राम प्रसाद सिलवालले ४३ मत प्राप्त गरेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!