ज्वालामुखी गाउँपालिकाका ४ वडाको मतगणना सम्पन्न हुँदा यस्तो छ मतपरिणामको अवस्था (अपडेट)

Posted on: 16 May, 2022

जेठ २, काठमाडौँ । ज्वालामुखि गाउँपालिका प्रमुख र उप प्रमुख पदमा गठबन्धनका उम्मेदवारहरुले अग्रता लिईरहेका छन् । १, २, ३ र ४ नम्वर वडाको मतगणना सम्पन्न भई ५ को मत गणना जारी रहँदा पालिकाका प्रमुख पदमा नेपाली कांग्रेसका यामनाथ दनैले ४८९३ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्दी एमालेका हरिराम लोहनीले ३२३९ मत पाएका छन् । 

त्यस्तै पालिकाको उप-प्रमुख पदमा गठबन्धनकै उम्मेदवार एकीकृत समाजवादीका धर्म बहादुर अर्यालले ३६१४ मत प्राप्त गरि अग्रता लिईरहेका छन् । उनका प्रतिद्वन्दी नेकपा एमालेकि चन्द्र कुमारी अधिकारीले २६४१ मत प्राप्त गरेकी छन् । त्यस्तै उपाध्यक्ष पदमै उम्मेदवार बनेकी माओवादी केन्द्रकि लक्ष्मी थापा मगरले १४७८ मत प्राप्त गरेकी छन् । 

ज्वालामुखी १ मा एमाले उम्मेदवार ७ मतको अन्तरले बिजयी 

ज्वालामुखी १ मा एमालेका वडा अध्यक्ष उम्मेदवार कृष्ण गिरि ५०२ मत पाएर बिजयी बनेका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवारलाई ७ मतको अन्तरले पराजित गरेका हुन् । 

ज्वालामुखी १ मा एमालेकी शर्मिला भारती खनाल महिला सदस्य पदमा बिजयी बन्दा एमालेबाटै दलित महिला सदस्यामा सिता परियार बिजयी बनेकी छन् । त्यस्तै वडा सदस्यहरुमा कांग्रेसका भोजनारायण श्रेष्ठ र एमालेका बाबुकाजि तिवारी बिजयी भएका छन् । 


ज्वालामुखी २ मा नेपाली कांग्रेसका उम्मेदवार ३ मतको अन्तरले बिजयी 

ज्वालामुखी २ मा नेपाली कांग्रेसका वडा अध्यक्ष उम्मेदवार राजु लोप्पा ६२० मत पाएर बिजयी बनेका छन् । उनले माओवादी केन्द्रका वडाअध्यक्ष उम्मेदवारलाई ३ मतको अन्तरले पराजित गरेका हुन् । यस वडामा कांग्रेसको प्यानलनै बिजयी भएको हो ।


ज्वालामुखी ३ मा नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठ बिजयी 

ज्वालामुखी ३ मा नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठ बिजयी भएका छन् । बिजयी श्रेष्ठले ११३२ मत प्राप्त गर्दा उनका निकटम प्रतिद्धन्दी नेकपा एमालेका रुद्रमान श्रेष्ठले १०२३ मत प्राप्त गरे ।

यस वडाबाट २०७४ को स्थानिय निकायको निर्वाचनमा एमालेका रुद्रमान श्रेष्ठ वडाअध्यक्ष पदमा विजयी भएका थिए । त्यतिबेला माओवादी केन्द्रबाट निर्वाचनमा उठेका उमेश श्रेष्ठ पराजित भएका थिए । बिजयी श्रेष्ठ एक वर्ष अघि मात्र नेपाली काँग्रेस प्रवेश गरेका थिए । 

३ नम्वर वडामा महिला वडा सदस्यमा एमालेकी शान्ता भट्ट बिजयी भइन् । त्यस्तै दलित महिला सदस्यमा नेपाली कांग्रेसकि जुठी परियार बिजयी भइन् । त्यस्तै वडा सदस्यहरुमा नेपाली कांग्रेसकै सुनिल अर्याल र सुर्य बहादुर आले मगर बिजयी भएका छन् । 


ज्वालामुखी ४ मा स्वतन्त्र उम्मेदवार दोब्बर बढी मतले बिजयी 

ज्वालामुखी ४ मा स्वतन्त्र उम्मेदवार बनेर खरायो चिन्ह पाएका कृष्ण बहादुर गुरुङ्ग बिजयी भएका छन् । नेपाली कांग्रेसबाट बागी उठेका गुरुङले कांग्रेसकै आधिकारिक उम्मेदवार कृष्णलाल श्रेष्ठलाई दोब्बर भन्दा बढी मतले पराजित गराएका हुन् । 

कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र चुनाव लडेका गुरुङले ११०३ मत ल्याएका छन् भने गुरुङका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका ताराबहादुर अर्यालले ५९४ मत प्राप्त गरेका छन् ।

यस वडाको सदस्यहरुमा सबै कांग्रेसले जितेको छ । वडामा महिला वडा सदस्यमा पंफा दुवाडी, दलित महिला सदस्यमा देवकी दमै, र वडा सदस्यहरुमा बेल वहादुर तामाङ र श्रीराम शाह बिजयी भएका छन् । 


अहिले वडा नम्वर ५ को मत गणना जारी छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!