गोरखाको आरुघाटमा ट्रक दुर्घटना, धादिङका युवाको मृत्यु

Posted on: 21 Oct, 2021

कात्तिक ४, गोरखा | गोरखाको आरुघाट गाउँपालिका-१ माझगाउँमा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

आरुघाटबाट धुन्चेततर्फ बालुवा लिएर जाँदै गरेको बा५ख १२३१ नम्बरको ट्रक बुधबार राति दुर्घटना हुँदा चालक धादिङको गंगाजमुना गाउँपालिकाका मनोज श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ । 

ट्रकमा सवार आरुघाट गाउँपालिकाका राजकुमार गुरुङ र दिव्या गुरुङ घाइते भएका छन् । घाइतेको आरुचनौटे स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!