प्रदेश २ को नामाकरण सम्बन्धमा चार नाम प्रस्ताव, कुन पार्टीको के प्रस्ताव ?

Posted on: 23 Dec, 2021

पुस ८, काठमाडौँ | प्रदेश सभा बैठकमा प्रदेश २ को नाम सम्बन्धमा चारवटा नाम प्रस्ताव गरिएका छन्। बैठकमा मधेस प्रदेश, जानकी प्रदेश, मिथिला भोजपुरा र मध्यमधेस प्रदेश प्रस्ताव गरिएको हाे।

बिहीबार प्रदेश सभाको ८ औं अधिवेशनको दोस्रो बैठकमा जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा माओवादी केन्द्रले प्रदेशको नाम मधेस प्रदेश नाम प्रस्ताव गरेका छन् ।

नेकपा (एस)ले प्रदेशको नाम जानकी र नेपाली कांग्रेसले मिथिला भोजपुरा राख्न प्रस्ताव गरेका छन् । नेपाली कांग्रेस पर्साका सांसद राजेश्वर प्रसाद साहले मध्यमधेस नाम प्रस्ताव गरेका छन् ।

जनता समाजवादी पार्टी(जसपा) संसदीय दलका सचेतक शैलेन्द्रकुमार यादवले प्रस्ताव गरेको मधेस प्रदेश प्रदेशको नामलाई लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेश सांसद रानी शर्माले समर्थन गरिन् । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता एवं आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रस्ताद साहले प्रदेशको नाम मधेश प्रदेश प्रस्ताव गरे ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!