जसपा अध्यक्ष उपेन्द्र यादवको क्षेत्रबाट चुनाव लड्ने सिके राउतको घोषणा

Posted on: 05 Aug, 2022

साउन २०, जनकपुरधाम | जनमत पार्टीका अध्यक्ष सिके राउत सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा चुनाव लड्ने भएका छन्। 

अघिल्लो निर्वाचनमा अध्यक्ष यादव निर्वाचित भएको सप्तरी क्षेत्र नबर २ बाट प्रतिनिधि सभा सदस्यमा लड्ने राउतले घोषणा गरेका हुन् । अध्यक्ष यादव यसपटक पनि यही क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन् ।


डा. राउतले बिहीबार जनकपुरधाममा बसेको बैठकमा आफूलाई सप्तरी-२ बाट चुनावमा उभ्याउनेबारे छलफल भएको बताए ।

यो निर्वाचन क्षेत्रमा चार वटा पालिका छ । जसमध्ये दुई वटामा लोकतान्त्रिक समाजवादी -लोसपा), जसपा र कांग्रेस एक/एक पालिकामा निर्वाचित भएका छन् । राउतको घर भएको महादेवाको वडानम्बर-२ मा भने उनकै पार्टी जनमत विजयी भएको छ । स्थानीय तहको मतपरिणाम अनुसार जसपा र जनमत दुवै लोसपा र कांग्रेसभन्दा कमजोर छन् ।

सरकारले ४ मंसिरमा प्रतिनिधि र प्रदेश सभाको निर्वाचन घोषणा गरिसकेको छ । निर्वाचन घोषणापछि नेताहरू उम्मेदवारी घोषणा गर्न थालेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!