टिकटक बन्द गर्नुपर्ने माग गर्दै जनकपुरधाममा युवाको प्रदर्शन

Posted on: 08 Sep, 2022

भदौ २३, जनकपुरधाम | सामाजिक सञ्जाल टिकटक बन्द गर्नुपर्ने माग गर्दै जनकपुरधाममा स्थानीय युवाहरूले प्रदर्शन गरेका छन् । 

टिकटकमा अश्लीलता प्रदर्शन गर्नुका साथै संस्कृतिसमेत बिग्रिरहेको भन्दै युवाहरूले संघर्ष समिति बनाएर प्रदर्शन गरेका हुन् । टिकटक बन्द गर्नुपर्ने, टिकटकमा अश्लिल भिडियो बनाउनेलाई कारवाही गर्नुपर्नेलगायतका माग गर्दै उनीहरूले बिहीबार स्थानीय जनकचोकमा प्रदर्शन गरेका छन् ।

उनीहरूले ‘टिकटकलाई बन्द गर,’ ‘टिकटक भगाउ, आफ्नो देश बचाउ’लगायतका नारा लेखिएको प्लेकार्डसमेत बोकेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!