हुन्डीको ३८ लाख रकमसहित धनुषाबाट एक युवक पक्राउ

Posted on: 24 Oct, 2022

कात्तिक ७, धनुषा | धनुषाको जनकपुर उपमहानगरपालिका–२१ कुर्थाबाट प्रहरीले स्रोत नखुलेको ३८ लाख ५० हजार रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको भंगाहा नगरपालिका–१ घर भएका २१ वर्षीय सुवमराज चौवे छन् । 

भारतबाट स्रोत नखुलेको रकम लिएर आउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी प्रदिप क्षेत्रीले रातोपाटीलाई बताए । उनको साथबाट प्रहरीले १ हजार दरको २९ बन्डल र ५ सय दरको १९ बन्डल गरेर ३८ लाख ५० हजार रुपैयाँ बरामद गरेको छ । आरोपीलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जनकपुर भन्सार कार्यालयमा बुझाइएको डीएसपी क्षेत्रीले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!